logo

पीसीआर खरिदका लागि सहयोग आउने क्रम जारी, महानगर कोषमा सूर्य नेपालले दियो १५ लाख

      6/8/2020 गते 00 00 मा प्रकाशित     1491   पटक पढिएको

इसीमाना संवाददाता
वीरगन्ज, २६ जेठ । वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा बहुराष्ट्रिय कम्पनीहरुको तर्फबाट पनि सहयोग आउन थालेको छ ।

कोरोना भाईरस न्यूनिकरणका लागि वीरगन्ज महानगरपालिकाले पीसीआर मेशिन र भिटिएम किट खरिदका लागि स्थापना गरेको कोरोना कोषमा आज बहुराष्ट्रिय कम्पनी सूर्या नेपालले १५ लाख रुपैंया सहयोग गरेको छ । सूर्या नेपालका महाप्रबन्धक प्रभाकर शाहले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई १५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका छन् ।

महानगरप्रमुख सरावगीलाई कार्यकक्षमै पुगेर शाहले चेक हस्तान्तरण गरेका हुन् । कोरोना संक्रमणका कारण रेडजोनमा रहेको वीरगन्जलाई ग्रीन जोनमा ल्याउनका लागि वीरगन्ज महानगरपालिकालाई गरेको साथ र सहयोगले अझै हौसला प्राप्त भएको बताउदै मेयर सरावगीले कोरोना कोषमा आएको सहयोगले आपूmलाई थप उर्जा प्राप्त भएको बताए ।

आज (सोमबार) नै नेपाल जेसिजले ५१ हजार र वीरगन्ज कलेज प्रालिका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले व्यक्ति १५ हजार रुपैंया कोषमा सहयोग गरेका छन् । जेसिजका अध्यक्ष विजय गुप्ताको नेतृत्वमा गएको जेसिजका टोलीले मेयर सरावगीलाई ५१ हजार रुपैंयाको चेक हस्तान्तरण गरेका थिए ।
 

त्यस्तै डाक्टर दिपेन्द्र चौधरीले आप्mनो व्यक्तिगत १५ हजारको चेक हस्तान्तरण गरे । वीरगन्जमा पीसीआर मेशिन जडानका लागि संघ सरकार र प्रदेश सरकारले शुरुमा निराशा पैदा गरेको र अहिले महानगरपालिकाका प्रमुख विजय सरावगीको भूमिका सराहनीय रहेकोले सहयोग गरेको बताएका छन् ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.