logo

सर्लाहीको सीमा क्षेत्र नारायणपुरमा झडप, हतियार खोस्नथालेपछि सशस्त्रले गोली चलायो

      6/12/2020 गते 00 00 मा प्रकाशित     1137   पटक पढिएको

सीमामा जोरजर्वजस्ती गर्दै नेपाल पस्न प्रयास गर्ने भारतीयमाथि सर्लाहीको दक्षीण पूर्वी क्षेत्र स्थित सीमानाको नारायणपुरमा शसस्त्र प्रहरीले गोली चलाएको छ । 

सशस्त्र प्रहरीको हतियार नै खोसेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । ती नागरिकको पहिचान खुलीनसकेको सशस्त्र प्रहरीका उपरिक्षक गंगाराम श्रेष्ठले बताउनु भयो । 

गोली प्रहार पश्चात सबै भारतीय नागरिक आफ्नै देशतर्फ भागेका थिए । सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठका अनुसार जबर्जस्ती नेपाल छिर्न पाउनुपर्ने माग राखेर बिहान ९ बजे भारतबाट आएको एक समूहले सीमानाकामा खटिएका सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीको हतियार नै खोसेर भागेका थिए ।

 

हतियार खोस्नेलाई नियन्त्रणमा लिएर  हतियार लिएको श्रेष्ठले बताउनु भयो । घिड नियन्त्रण गर्न प्रहरीले १० राउण्ड हवाई फायर पछि बाध्य भएर ५ राउण्ड गोली समेत प्रहार गरेको श्रेष्ठले बताउनु भयो ।

 

अहिले भारतीय सुरक्षाकर्मीहरु समेत घटनास्थलमा आएर दुवैपक्षबीच छलफल भईरहेको सप्रउ श्रैष्ठले जानकारी दिनु भयो  ।

केही दिनअघि पनि विष्णु गाउँपालिका अन्तर्गत सिमरा फेनरा नाकामा खटिएको सशस्त्र प्रहरीमाथि भारतीय नागरिकहरुको समूहले आक्रमण प्रयास गरेको थियो ।

 

भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ अवैध ढंगले सामान ओसार पसार गर्न रोकिएकाले आक्रोशित हुँदै भारतीय नागरिकहरुले सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतमाथि आक्रमण प्रयास गरिरहेको जानकारहरु बताउँछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.