logo

आरोप पुष्टि गर्न सांसद यादवलाई चुनौती,सांसद यादवको अभिब्यक्ति सदनको रेकर्डबाट हटाउन मंत्रीको माँग  

      6/12/2020 गते 00 00 मा प्रकाशित     2812   पटक पढिएको

प्रतिनिधि सभामा पर्साको क्षेत्र नं १ बाट निर्वाचित सासद प्रदीप यादवले खेलकुद मंत्रालयको बिनियोजित बजेट माथि छलफल गर्दै खेलकुद मंत्रीलाई एन्फाबाट १७ करोड रुपैया लिएको आरोप लगाउनु भएको थियो ।

 

गएको शुक्रवार प्रतिनिधि सभामा भएको छलफलमा सासद यादवले छलफलकै क्रममा यस्तो आरोप लगाउनु भएको थियो ।
सासदहरुले उठाएको जिज्ञासामा खेलकुद मंत्री जगत बहादुर बिश्वकर्माले जवाफ पनि दिनु भएको छ ।

 

उहाँले १७ करोडको कुरा उठाउने माननीयको नाम नलिइकन माननीय ज्यूले के भन्न खोज्नु भएको हो ? आश्य के हो ? माननीय ज्यूले स्पष्ट पार्नु पर्छ भन्नु भयो । 


खेलकूद मन्त्रीले अगाडि भन्नुभयो– ‘उहाँले जुन शब्दमा बोल्नुभएको छ, जे भन्नु भएको छ, भनेको त्यही हो भने यो विषय गम्भीर छ । उहाँले जुन शब्द उच्चारण गर्नु भएको छ, भन्न खोजेको त्यही हो भने त्यसलाई पुष्टि गर्न, प्रमाणित गरेर देखाउन म चुनौती दिन्छु ।’

‘एन्फाबाट या अरु कसैबाट मैले एक रुपैयाँ लिएको छुइन’– मन्त्री जगतबहादुरले भन्नु भयो– ‘निष्ठा र इमानसाथ आफ्नो जिम्मेवारी पूरा गर्न कठिन मेहेनत गरिरहने, मिडियामा प्रचारप्रसारभन्दा पनि काममा केन्द्रीत हुने म जस्तो मान्छेले यस्तो आरोप सुन्नपर्दा म दुःखी छु ।’

उहाँको भनाई थियो– ‘सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिको सार्वजनिक जीवन मात्र हुँदैन, नीजि जीवन पनि हुन्छ । वर्षौंदेखि कठिन र मेहेनतसाथ निर्माण गरेको व्यक्तिको छवीलाई बिना आधार कसैले धमिल्याउन पाइँदैन ।’

सांसद् प्रदीप यादवले मन्त्री जगतबहादुरलाई एन्फाले माया गरेको भन्नु भएको थियो । तर, सांसद् यादवको नाम नलिई मन्त्री जगतबहादुरले अगाडि भन्नुभयो– ‘मलाई सबैले माया गर्छन्, खेलाडि, प्रशिक्षक, पत्रकार, कर्मचारी सबैले माया गर्छन् ।’

आफूलाई लगाइएको आरोपको रेकर्ड प्रतिनिधि सभाको रेकर्डबाट हटाउन उहाँले माग गर्नुभयो ।

मन्त्री जगतबहादुरले बोलिसकेपछि उहाँलाई स्पष्टिकरण माग्न सांसद्हरुलाई समय दिइएको थियो । तर, त्यो समयमा सांसद् प्रदीपले कुनै स्पष्टिकरण सोध्नुभएन । सासद यादवले जुन आरोप लगाउनु भएको त्यो तथ्यको जगमा लगाउनु भएको थिएन त्यसैले उहाँले स्पष्टीकरण माग्न सक्नु भएन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.