logo

बीरगंज हेल्थ केयर अस्पताल शिल, निजगढमा सर्तकता अपनाउन नगरपालिकाको अपिल

      6/13/2020 गते 00 00 मा प्रकाशित     3787   पटक पढिएको

बीरगंजको गण्डक बहुवरीमा रहेको बीरगंज हेल्थ केयर अस्पताललाई शिल गरिएको छ । निजगढका पाँच वर्षिय बालकको बीरगंज हेल्थ क्येर अस्पतालमा उपचारको क्रममा हिजो मृत्यु भएको थियो ।

 

उपचारकालागि  शुक्रवार ११ बजे उनलाई इमर्जेन्सीमा वाडमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने अवस्था रहेकोले उनको र्यापीड डायोगन्स्टिक रिपोर्ट (आरडीटी)परिक्षण गर्दा पोजेटिभ रिपार्ट आएको थियो । निमोनियाले पीडित बालकलाई सघन उपचार कक्षमा रखेर उपचार गरिएको थियो ।

 

 त्यतीबेलै उनको पिसीआर परिक्षणकालागि स्वाब संकलन गरिएको थियो । उनको मृत्यु पछि  पिसीआर रिपोर्ट पनि पोजेटिभ आएपछि स्थानीय प्रशासनले बीरगंज हेल्थ केयर अस्पताललाई शिल गरेका हो ।

 

शुक्रवार बेलुका सँझ मृत्यु भएका बालकको शव बिहान नेपाली सेनालाई जिम्मा लगाइएको थियो । बालकको परिवारका आमा बुबा सहित स्वास्थ्यकर्मी गरि पाँच जनाको स्वाब संकलन भएको छ । 

 

निजगढ नगरपालिका–६ माथिल्लो योजना टोलका बालकमा कोरोना संक्रमण पुष्टि भएपछि निजगढमा सर्तकता अपनाउन शुरु गरिएको छ। बालकलाई लगिएको स्थानीय स्वास्थ्य संस्था पनि  सिल गरिएको छ भने बजार पनि बन्द गरिएको छ ।

 

शनिबार बिहानै निजगढ नगरपालिकास्थित कोरोना रोकथाम तथा नियन्त्रण समितिको आकस्मिक बैठक बसेको छ । बैठकपछि नगर प्रमुखले बजार बन्द गरेर सहयोग गरिदिन आह्वान गर्दै विज्ञप्ती निकालेका छन् ।

 

नगर प्रमुख सुरेश कुमार खनालले जारी गरेको सूचनामा शंकास्पद क्षेत्रमा परीक्षणको क्रम अगाडि बढाइएकोले ढुक्क हुन आग्रह गरिएको छ ।

साथै विज्ञप्तीमा अर्को सूचना जारी नभएसम्म अत्यावश्यक औषधी पसल बाहेकका अन्य पसल बन्द गर्न आग्रह गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.