logo

बीरगंज हेल्थ केयर अस्पताल शिल, निजगढमा सर्तकता अपनाउन नगरपालिकाको अपिल

      6/13/2020 गते 00 00 मा प्रकाशित     3892   पटक पढिएको

बीरगंजको गण्डक बहुवरीमा रहेको बीरगंज हेल्थ केयर अस्पताललाई शिल गरिएको छ । निजगढका पाँच वर्षिय बालकको बीरगंज हेल्थ क्येर अस्पतालमा उपचारको क्रममा हिजो मृत्यु भएको थियो ।

 

उपचारकालागि  शुक्रवार ११ बजे उनलाई इमर्जेन्सीमा वाडमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने अवस्था रहेकोले उनको र्यापीड डायोगन्स्टिक रिपोर्ट (आरडीटी)परिक्षण गर्दा पोजेटिभ रिपार्ट आएको थियो । निमोनियाले पीडित बालकलाई सघन उपचार कक्षमा रखेर उपचार गरिएको थियो ।

 

 त्यतीबेलै उनको पिसीआर परिक्षणकालागि स्वाब संकलन गरिएको थियो । उनको मृत्यु पछि  पिसीआर रिपोर्ट पनि पोजेटिभ आएपछि स्थानीय प्रशासनले बीरगंज हेल्थ केयर अस्पताललाई शिल गरेका हो ।

 

शुक्रवार बेलुका सँझ मृत्यु भएका बालकको शव बिहान नेपाली सेनालाई जिम्मा लगाइएको थियो । बालकको परिवारका आमा बुबा सहित स्वास्थ्यकर्मी गरि पाँच जनाको स्वाब संकलन भएको छ । 

 

निजगढ नगरपालिका–६ माथिल्लो योजना टोलका बालकमा कोरोना संक्रमण पुष्टि भएपछि निजगढमा सर्तकता अपनाउन शुरु गरिएको छ। बालकलाई लगिएको स्थानीय स्वास्थ्य संस्था पनि  सिल गरिएको छ भने बजार पनि बन्द गरिएको छ ।

 

शनिबार बिहानै निजगढ नगरपालिकास्थित कोरोना रोकथाम तथा नियन्त्रण समितिको आकस्मिक बैठक बसेको छ । बैठकपछि नगर प्रमुखले बजार बन्द गरेर सहयोग गरिदिन आह्वान गर्दै विज्ञप्ती निकालेका छन् ।

 

नगर प्रमुख सुरेश कुमार खनालले जारी गरेको सूचनामा शंकास्पद क्षेत्रमा परीक्षणको क्रम अगाडि बढाइएकोले ढुक्क हुन आग्रह गरिएको छ ।

साथै विज्ञप्तीमा अर्को सूचना जारी नभएसम्म अत्यावश्यक औषधी पसल बाहेकका अन्य पसल बन्द गर्न आग्रह गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.