logo

सम्बिधान संशोधन प्रस्ताव मार्फत मुलुक एक भएकोमा अखिल र युवाले बीरगंजमा गरे दीप प्रज्वलन

      6/13/2020 गते 00 00 मा प्रकाशित     1286   पटक पढिएको

नेपालको सम्बिधानमा सर्वसम्मत रुपमा दोश्रो संशोधन भएको छ । प्रतिनिधि सभामा सम्बिधानको अनुसूची ३ मा निसान छाप परिर्वतन सम्बन्धमा सरकारका तर्फबाट कानुन मंत्री डा. शिवमाया तुम्वाहाम्फेले बिधयक पेश गर्नु भएको थियो ।

 

दोश्रो संशोधन मार्फत नेपालको निसान छापमा भारतले अतिक्रमण गरेको कालापानी ,लिपुलेक र लिम्पियाधुरा समेटिएको छ । यो प्रस्तावका बिषयमा प्रतिनिधि सभामा राजनीतिक दलहरु एक भएर प्रस्तुत मात्र भएनन मुलुकमा राष्ट्रिय एकता नयाँ अध्याय शुरुवात गरेका छन ।

 

प्रतिनिधि सभाको बैठकले राष्ट्रियताका सन्दर्भमा पूर्नजागरण ल्याएको छ राष्ट्रियताको परिभाषालाई ठोस बनाएको छ । नेपालको जुन सुकै भूभागका नागरिकमा र आफनो राष्ट्रप्रति उत्तिकै प्रेम छ भन्ने कुरालाई ऐतिहासिक रुपमा आजको दिनले पुष्टि गरेको छ । 


यही ऐतिहासिक दिनलाई बीरगंजमा युवा संघ नेपाल र अनेरास्ववियु पर्साले दीप प्रज्वलन गरेर उत्सवका रुपमा मनाएका छन । युवा संघका संयोजक नेजाम अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभू हजराले सरकारलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

 

उहाँले नेकपाको नेतृत्वमा रहेको सरकारले यो ऐतिहासिक अभिभारा पुरा गरेको र यो अभिभारा पुरा गर्न सिंगो देश एक भएको भन्दे सबै राजनीतिक दल र साँसदहरुलाई आभार प्कट गर्नु भयो । उहाँले राष्ट्रियताको पहरेदारी गर्दै आएको अनेरास्ववियु र युवासघले आजको दिनलाई ऐतिहासिक रुपमा स्मरण गरेको भन्दै कार्यक्रम आयोजनाको पनि प्रशंसा गर्नु भयो । 


कार्यक्रममा नेकपाका नेता तथा पूर्व बिद्यार्थी नेता नवराज शर्मा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, अनेरास्ववियुका पर्सा अध्यक्ष रामबाबु यादव लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।कार्यक्रमको संचालन युवा नेता हेमन्त तमाङले गर्नु भएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.