नेपाल बैंक लिमिटेड बीरगंजले आफ्नो सामाजिक दायित्व वहन गर्दै वीरगञ्ज महानगरपालिकाको कोभीड कोषमा आर्थिक सहयोग गरेको छ ।
वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा नेपाल बैंक लिमिटेडले आइतवार १ लाख रुपैया सहयोग गरेको हो ।
बैंकका कर्मचारीको टोली बीरगंज महानगरपालिकामा पुगेर सहयोग राशी महानगर प्रमुख बिजय कुमार सरावगीलाई हस्तान्तरण गरेको हो ।
नेपालमा कोरोनाभाइरसका संक्रमितहरुको संख्या बढी रहेको बेला महानगरपालिका कार्यालयले परीक्षणको दायरा बढाउन थप पीसीआर मेसिन, भिटीएम किटलगायत स्वास्थ्य सामग्री खरिद गर्न सुरु गरेको अभियानमा नेपाल बैंक लिमिटेडले पनि सहयोग रकम उपलब्ध गराएको हो ।
तपाईको प्रतिक्रिया