आफ्नै छोरी बलात्कार गरेको आरोपमा पर्साको ठोरी गाउँपालिका ४ बाट ४५ वर्षिय एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ ।
विजयवस्ती प्रहरी चौकीका सई सुरज आचार्यका अनुसार आफ्नै ११ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा ति युवालाई चैत ३१ गते रानी करिब ११ बजे गिरफ्तार गरिएको हो ।
घटना ठोरी गाएापालिका वडा नं ४ को शिकारीवास छेउको बस्तीको हो । घटनाका बारेमा पीडित वालिकाले सोही दिन आफन्त र छरछिमेकमा जानकारी गराएपछि घटना बाहिर आएको हो।
बालिकाले घटनाबारे बताएलगत्तै स्थानीयले ती युवकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । स्थानीयले ति युवालाई कुटपीट समेत गरेका थिए । बालिकासंग घटनाबारे प्रारम्भिक सोधपुछ वालिकाले आफू पीडित भएको बताएकी छिन ।
बालिकाको स्वास्थ्य परीक्षण र थप अनुसन्धान पछि मात्र घटनाबारे विस्तृत बताउन सकिने सई आचार्यले जानकारी दिनु भयो । ति युवकलाई प्रहरीले आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको छ ।
तपाईको प्रतिक्रिया