logo

अवधनारायण उमादेवी फाउन्डेशन र एशोसिएशनद्वारा कोभिड राहतकोषमा रकम प्रदान

      6/15/2020 गते 00 00 मा प्रकाशित     1420   पटक पढिएको

कोरोना रोकथाम तथा नियन्त्रण गर्न अवधनारायण उमादेवी मेमोरियल फाउन्डेशनले बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाइ ५१ हजार रुपैया नगद  सहयोग गरेको छ ।

 

शम्भु लाल कर्णले मेयर सरावगीलाइ नगद राशी सहयोग हस्तान्तरण गर्नु भएको हो । चित्रगुप्त कार्यकारिणी समिति बीरगन्जका अध्यक्ष महेश दासको सो क्रममा सहभागिता रहेको थियो  ।

 

प्रतिनिधि सभाका सदस्य पुष्पा कर्ण र शम्भू लाल कर्णले महानगरले कोरोना भाइरसको संक्रमण रोकथामकालागि गरेको अपिललाई सहयोग गनुृ भएको हो ।

 

सहयोग राशी लिदै महानगर प्रमुख बिजय कुमार सरावगीले फाउण्डेशनलाई धन्यवाद दिनु भयो । उहाँले समाजका बिभिन्न संघ संस्था र ब्यक्तिले महानगरको आव्हानमा बिश्वास गरेर दिनु भएको सहयोगले आफूलाई उत्साहित बनाएको बताउनु भयो ।  फाउण्डेशन मार्फत कणृ परिवारले बिभिन्न समाजिक कार्य गर्दै आएको छ ।

 

फाण्डेशनले आफ्नो सामाजिक दायित्व  वहन गर्दै वीरगञ्ज महानगरपालिकाको कोभीड कोषमा आर्थिक सहयोग गरेको साँसद पुष्पा कर्णले बताउनु भयो।

वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको  कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा हिजो आइतवार नेपाल इन्जिीनियर्स एशोसिएशन पर्साले पनि  १ लाख १ हजार रुपैया सहयोग गरेको थियो ।

 

इन्जिनियरहरुको टोली बीरगंज महानगरपालिकामा पुगेर सहयोग राशी महानगर प्रमुख बिजय कुमार सरावगीलाई हस्तान्तरण गरेको हो ।

नेपालमा कोरोनाभाइरसका संक्रमितहरुको संख्या बढी रहेको बेला महानगरपालिका कार्यालयले परीक्षणको दायरा बढाउन थप पीसीआर मेसिन, भिटीएम किटलगायत स्वास्थ्य सामग्री खरिद गर्न सुरु गरेको अभियानमा इनिज्नियरहरुले पनि  सहयोग रकम उपलब्ध गराएको एशोसिएशनका अध्यक्ष उमेश गुुप्ताले बताउनु भयो। 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.