logo

अवधनारायण उमादेवी फाउन्डेशन र एशोसिएशनद्वारा कोभिड राहतकोषमा रकम प्रदान

      6/15/2020 गते 00 00 मा प्रकाशित     1508   पटक पढिएको

कोरोना रोकथाम तथा नियन्त्रण गर्न अवधनारायण उमादेवी मेमोरियल फाउन्डेशनले बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाइ ५१ हजार रुपैया नगद  सहयोग गरेको छ ।

 

शम्भु लाल कर्णले मेयर सरावगीलाइ नगद राशी सहयोग हस्तान्तरण गर्नु भएको हो । चित्रगुप्त कार्यकारिणी समिति बीरगन्जका अध्यक्ष महेश दासको सो क्रममा सहभागिता रहेको थियो  ।

 

प्रतिनिधि सभाका सदस्य पुष्पा कर्ण र शम्भू लाल कर्णले महानगरले कोरोना भाइरसको संक्रमण रोकथामकालागि गरेको अपिललाई सहयोग गनुृ भएको हो ।

 

सहयोग राशी लिदै महानगर प्रमुख बिजय कुमार सरावगीले फाउण्डेशनलाई धन्यवाद दिनु भयो । उहाँले समाजका बिभिन्न संघ संस्था र ब्यक्तिले महानगरको आव्हानमा बिश्वास गरेर दिनु भएको सहयोगले आफूलाई उत्साहित बनाएको बताउनु भयो ।  फाउण्डेशन मार्फत कणृ परिवारले बिभिन्न समाजिक कार्य गर्दै आएको छ ।

 

फाण्डेशनले आफ्नो सामाजिक दायित्व  वहन गर्दै वीरगञ्ज महानगरपालिकाको कोभीड कोषमा आर्थिक सहयोग गरेको साँसद पुष्पा कर्णले बताउनु भयो।

वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको  कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा हिजो आइतवार नेपाल इन्जिीनियर्स एशोसिएशन पर्साले पनि  १ लाख १ हजार रुपैया सहयोग गरेको थियो ।

 

इन्जिनियरहरुको टोली बीरगंज महानगरपालिकामा पुगेर सहयोग राशी महानगर प्रमुख बिजय कुमार सरावगीलाई हस्तान्तरण गरेको हो ।

नेपालमा कोरोनाभाइरसका संक्रमितहरुको संख्या बढी रहेको बेला महानगरपालिका कार्यालयले परीक्षणको दायरा बढाउन थप पीसीआर मेसिन, भिटीएम किटलगायत स्वास्थ्य सामग्री खरिद गर्न सुरु गरेको अभियानमा इनिज्नियरहरुले पनि  सहयोग रकम उपलब्ध गराएको एशोसिएशनका अध्यक्ष उमेश गुुप्ताले बताउनु भयो। 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.