logo

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर र इञ्जिनियर साहद्वय बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता

 इसीमाना सम्वाददाता     २०७९ फागुन १७ गते ०९: १६ मा प्रकाशित     641   पटक पढिएको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद साह र इञ्जिनियर रामचन्द्र साह बिरुद्ध बिशेष अदालतमा बुधवार मुद्धा दर्ता गरेको छ ।

 

१ करोड रुपैयाको बिद्यालय भजन निर्माण हुदै गरेकोमा मेयर साले ८ प्रतिशत घुस मागेका थिए । उनले घुस मागेको अडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो ।

 

ठेकेदार पक्षले अडियो सहित दिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान शुरु गरेपछि इञ्जिनियर रामचन्द्र साहलाई एक लाख ४० हजार घुस सहित रंगेहात पक्राउ गर्‍यो ।

 

पछि केरकार गर्दा इञ्जिनियर साहले मेयर गुप्ताको आदेशमा आफूले घुस लिएको स्वीकार गरे । बुधबार अख्तियारले दुवैजना विरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


अख्तियारको फन्दामा परेका मेयर जितेन्द्र प्रसाद गुप्ताले इञ्जिनियर र ठेकेदारबीच गिटी, रड र अरु सामानमा वादविवाद भएकाले उधारोको रकम लेनदेन भएको बताए ।


ठेकेदार नन्दकिशोर चौधरीको बयान अनुसार, १० प्रतिशत घुस दिने सहमती भएको हो र त्यसमा ८ प्रतिशत मेयरको भाग हुने भनी शुरुमै कुरा टुंगिएको थियो । बाँकी २ प्रतिशत रकम अरुलाई बाँड्नुपर्ने थियो ।

 

अख्तियारले मेयर जितेन्द्रप्रसाद गुप्ता र इञ्जिनियर रामचन्द्र साह विरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा लगाएको छ । ठेकेदारलाई भने सरकारी साक्षीको रुपमा प्रस्तुत गरेको छ ।

 

गत बैशाखमा नयाँ स्थानीय निर्वाचन भएपछि नयाँ जनप्रतिनिधि माथि घुस खाएको आरोपमा मुद्दा चलेको यो पहिलो घटना हो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.