logo

अवसर पाउदा बिकास नगर्ने, बिकासप्रेमी भनाउन रुचाउने ठेकेदारका कारण हुलाकी राजमार्ग म्याद सकिसक्दा झनै दुर्गतीमा

      6/16/2020 गते 00 00 मा प्रकाशित     1447   पटक पढिएको

राष्ट्रिय गौरबको आयोजना मध्यको एक हुलाकी राजममार्ग निर्माणको अन्तिम म्याद जेठ महिनाको समाप्तीसंगै सकिएको छ । तर हुलाकी राजमार्गको निर्माणको काम आधा पनि हुन सकेको छैन ।

 

हुलाकी राजमार्ग परियोजनाअन्तर्गत वीरगञ्जको प्रतिमाचोकदेखि ठोरीसम्म ६० किलोमीटर सडक निर्माणको ठेक्का अवधी सकियो । बिकासप्रेमी भनाउन रुचाउने ठेकेदारको हातमा ठेक्का परेपनि हुलाकी राजमार्ग निर्माणले दुर्गती भोग्नु परेको छ ।

 
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएर भ्रष्टाचारको मुद्धामा निलम्बनमा परेका हरिनारायण रौनीयारले स्थापना गरेको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्शन र मकवानपुर जिल्लाबाट  नेपाली कांग्रेसको राजनीति गरेर अहिले बाग्मती प्रदेश सभामा बिपक्षी दलको नेता रहेका इन्द्र बानियको, बानियाको  कन्स्ट्रक्शनले हुलाकी मार्ग निर्माणको ठेक्का पाएको छ । 

 


पप्पुले बीरगंजको प्रतिमाचोक देख महादेव पट्टीको चमरी टोल सम्म ३० किलो मिटर र त्याहाबाट ठोरी सम्मको ३० किलो मिटर हुलाकी सडक निर्माणको जिम्मा बानिया निर्माण सेवाले पाएको छ । 


बिकासप्रेमी भनेर संचारमाध्यममा छाउन रुचाउने निलम्वीत साँसद रौनीयारको कम्पनीले पाएको ठेक्काका काम समयमा कहिल्यै पुरा भएका छैनन । तिनको गुणस्तरीयतामा पनि समस्या रहने गरेको छ । बिकास गर्ने स्रोत र साधन आफ्नै हातमा हुदा समेत नागरिकलाई समय अगावै परियोजना निर्माण गरेर दिन नसक्नेले बिकासको कुरा गर्दा पत्याउनु नै गलत भएको ठान्नुहुन्छ सखुवा प्रसौनीका भोला चौधरी । 


हुलाकी राजमार्गको बीरगंज चमरीटोल खण्डमा ३१ प्रतिशत र चमरी टोल देखी ठोरी खण्डमा ४० प्रतिशत मात्र काम भएको आयोजना कार्यालय वीरगञ्जका प्रमुख दीपेन्द्र पाण्डेले बताउनु भयो । ठेक्का लगाउने तर काम गराउन नसक्ने सरकारी अड्डा समेतको कमजोरीका कारण नागरिकले बिकासको प्रतिफल बेलैमा पाउन सकेका छैनन । 


 लकडाउनयता निर्माण व्यवसायीले काम शुरू गरे पनि प्रगति अत्यन्तै सुस्त छ । २ अर्ब ४० करोड हुलाकी राजमार्ग निर्माणकालागि बिनियोजीत छ । 


ठकेदार पक्षले मुआब्जाको समस्या, स्थानीयको अवरोध र निर्माण सामग्रीको आपूर्ति असहज जस्ता बाहना झिकेर काम हुन नसकेको तर्क प्रस्तुत गर्छन । सरकारी निकाय भने निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तीले ठेक्काको समय सकिइसक्दा भौतिक प्रगति आधा पनि नपुगेको बताउँछन्  ।

 

यो निर्माण कम्पनी र सरकारी अधिकारी वीचको रेडिमेड तर्क हो । हरेक वर्ष यही तर्कको पुनरावृति हुने गर्छ र ठेक्काको कामको दुर्गती गरिन्छ ।


चालु अर्थिक वर्षमा पर्सा जिल्लाको गादी खोला,भेडाहा खोला पर्सागढीको कर्जनाहा खोलाबाट गिट्टी बालुवाको उत्खनन भयो । गादी खोला र जमुनीया खोलामा ठेकेदारहरु हरिनारायण रौनीयार,सिहासन कलवार ,जहुर मिया, मन्जुर अन्सारीकोको जेसीवी नै पसेर गिट्टी वालुवाको उत्खनन गरेका छन ।

 

यसो गर्नकालागि पर्साको स्थानीय प्रशासन र जनप्रतिनिधिले लिखित निर्णय समेत गरेर  दिएका थिए । ठेकेदार पक्षले निर्माण सामाग्री पाइन भन्नु फेरी पनि नागरिकलाई धोखा दिनु हो । 


२०७४ मंसिरमा कार्यादेश लिएका कम्पनीले यही जेठभित्र आयोजना पूरा गर्नुपर्ने थियो । ठेक्काको म्याद सकिइसकेपछि निर्माण सामग्री पाइनँ भनेर प्रचार गर्नु बाहानाबाजीमात्रै भएको हुलाकी आयोजना प्रमुख पाण्डे तर्क छ  ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.