logo

कोभिड संक्रमण नियन्त्रणमुखी बजेट ल्याउन महागरलाई नागरिक समाजको सुझाव 

      6/17/2020 गते 00 00 मा प्रकाशित     1261   पटक पढिएको

वीरगन्ज, ३ असार । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न सरोकारवालाहरुसँग छलफल गरेको छ । आर्थिक बर्ष २०७७/०७८ को लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रमबारे सुझाव लिन नागरिक समाजसंग आज छलफल गरेको हो ।

छलफलमा नागरिक समाजले कोरोना महामारीमा केन्द्रीत हुनपर्ने, भौतिक संरचना मर्मत संभार, सुशासन उपभोत्ता हित संरक्षण करको सदूपयोग गर्न, करको दायरा बढाउन र मितव्ययी कार्यक्रमहरु ल्याउन सुझाव दिएका छन् । पर्यटकीय स्थलहरुको पहिचान गरी अनलाई शिक्षालाई प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव पनि दिएका छन् ।

नागरिक समाजको तर्फबाट आएको सुझावपछि बोल्दै महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले अगामी आर्थिक बर्षमा शिक्षा र स्वास्थ्यमा दोब्बर बजेट बिनयोजन गर्न लागेको जानकारी दिनुभयो । उहाले स्वास्थ्य र शिक्षाको बजेट दोब्बर बनाउने, घरघरमा विशेषज्ञ सेवा र औषधिको सेवा पु¥याउने योजना रहेको जानकारी दिनुभयो ।

महानगरपालिकाले २ करोड ५० लाखको पौष्टिक आहार महिला तथा बालबालिकालाई वितरण, चर्म रोग र गर्भवती महिलाको आङ खस्ने समस्या समाधानका लागि कार्यक्रम, साक्षर वीरगन्जको घोषणा गरिने, २ चरणमा विद्यालय संचालन गरिने विद्यालयलाई निःसंक्रमण गरिने, साबुन र पानीको व्यावस्था गर्ने । त्यसको लागि चार करोड रुपैंया लागत बढ््ने पनि अनुमान गरिएको बताउनुभयो ।

स्वच्छ पिउने पानीको स्रोत, हरियाली बनाउन ३ करोड ३० लाख रकम खर्च गरी ६० देखि ८० हजार विरुवा रोपिने योजना रहेको बताउनुभयो । अहिले १० हजार किलो फोहोर दैनिक निस्किने गरेको र यस्तो अस्पतालजन्य फोहोर व्यावस्थापनका लागि ७ करोड लागतको स्वचालित मेशिन जडान गरि व्यावस्थापन गरिने बताउनुभयो ।

३५ हजार घरमा कुहिने र नकुहिने फहोरलाई छुट्याएर राख्न डष्टविन वितरण गरिने,  २४ करोडको उज्यालो वीरगन्ज कार्यक्रम ल्याईने छ । २३ करोडको बजेट सिलिङमा ७ करोड, ३ करोड नगरस्तरीय योजना र सातसय विद्यार्थीलाई परिक्षामा बस्ने सक्ने भवन बनाउने योजना रहेको पनि बताउनुभयो । नाला ढाक्ने कच्चा नालालाई पक्का बनाउने, महिला उद्यमशीलता बढाउने योजना पनि रहेको बताउनुभयो ।

छलफलमा महानगर उपप्रमुख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदिप निरौला, नागरिक समाजका अगुवा प्रा.डा. दिपक शाक्य, रोशनभक्त श्रेष्ठ, समाजिक संस्था जिल्ला समन्वय समितिका अध्यक्ष ईब्राहिम देवान, रामकान्त पटेल, अधिवक्ता कमलमोहन पोखरेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, मेयरका प्रेस सल्लाहकार गोविन्द देवकोटा, अधिवक्ताहरु रमेश्वर सेढाई, विनय सिंह, पत्रकारहरु महेश दास, के.सी लामिछाने, महानगरका आन्तरिक लेखा परिक्षक हरिशंकर कुर्मी लगायतको सहभागी रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.