logo

म्याद गुज्रेका समाग्री रिप्याकिङ गरि जनस्वास्थ्यसंग खेलवाड गर्ने फर्ममा छापा, तीन कर्मचारी पक्राउ

 इसीमाना सम्वाददाता     २०७९ चैत १४ गते ०८: ५८ मा प्रकाशित     525   पटक पढिएको

वीरगञ्ज । विभिन्न ब्राण्डका म्याद सकिएका खाद्यान्न सामाग्रीहरु खरिद गरेर ल्याउने त्यसैलाई रिप्याकिङग गरेर बजारमा पठाई उपभोक्ताको रकम र स्वास्थ्यमा खेलवाड गर्ने कम्पनीमा स्थानीय बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको नेतृत्वमा छापा मारिएको छ ।

श्रीपुरस्थित श्रवण रुंगटाको घर भाडामा लिइ संचालीत स्नेक एण्ड प्याक उद्योग र फुडको नेपाल क्रोप प्रा.लि.नामका दुईवटा फर्ममा छापा मारिएको हो ।

 

स्नेक एण्ड प्याक उद्योगले म्याद सकिएको खाद्यान्न सामाग्रीलाई रीप्याकिङ गरि नयाँ लेबल टाँसी बजारमा विक्री वितरण गर्ने गरेको थियो ।


छापामारीबाट बरामद गरिएको सामग्रीको मूल्य प्रहरीले करिव २८ लाख अनुमान गरेको छ । छापामारी पश्चात प्रहरीले दुबै फर्ममा शिल पनि गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिए । फर्मका तीन जना कर्मचारीलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए ।

 

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा –१३ का ३२ बर्षिय मनिषकुमार चौधरी, वीरगञ्ज–७ निवासी २३ बर्षिय आयुष अग्रवाल र वीरगञ्ज–१४ निवासी ३८ बर्षिय हरिनारायण प्रसाद कुर्मीलाई पक्राउ गरेको हो ।

छापामरी गर्ने क्रममा उद्योगबाट किचेनमा प्रयोग गरिने विभिन्न किसिमका मसला, सस, मह, च्वकलेट, सेम्पु, सेवई, स्नेक, विस्कुट, जिरा, गरम मसाला, विभिन्न मिठाई फ्लेबरका पाउडरलगायतका खाद्यान्न सामाग्रीहरु बरामद गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य तथा गुणस्तर कार्यालय वीरगञ्ज र वीरगञ्ज उद्योग वाणिज्य संघ कन्जुमर आईको संयुक्त टोलीले उद्योगमा छापा मारेको थियो ।

उद्योगमा छापामारी भएको थाहा पाए लगतै सञ्चालकहरु फरार भएको हुँदा उनीहरुको खोजी भइरहेको गिरीले बताए । प्रहरीका अनुसार वीरगञ्ज .७ निवासी सञ्जय अग्रवाल, सोही ठाउँका विद्या कुमारी सरावगी र चितवन जिल्लाको भरतपुर(३ निवासी सन्तोषकुमार अग्रवालले उद्योग र कम्पनी सञ्चालन गर्दै आएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.