logo

मंत्री बन्न दुई करोड डिलको अडिया सार्वजनीक, रास्वपा अध्यक्ष लामिछानेको सर्वत्र आलोचना

 इसीमाना सम्वाददाता     २०७९ चैत २६ गते ०७: ३३ मा प्रकाशित     502   पटक पढिएको

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका डा .ढाका कुमार श्रेष्ठको अडियो सार्वजनीक भएपछि सामाजिक संजालमा गम्भिर आलोचना शुरु भएको छ ।

अडियो वार्तामा रास्वपाका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने बताएका छन् ।

 

उनले अढाई करोड रूपैयाँ मागिएको तर आफूसँग पैसा नभएको भन्दै उनले सहयोग मागेका हुन् ।

‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि,’ उनले फोनवार्तामा भनेका छन्, ‘साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।’

यो फोन वार्तामा प्रसाईंले आफूले दुई करोड रूपैयाँ दिने ग्यारेन्टी गरेका छन् । भ्रष्टाचार बिरुद्धको आवाज बुलन्द गरेर उठेको पार्टीका डा. सांसदको यास्तो अडियो वार्ता सार्वजनीक भएपछि पार्टी अध्यक्ष निकै दवावमा आएका छन । यो अडियो सार्वजनीक हुदै गर्दा अध्यक्ष लामिछाने बाराको क्षेत्र नं २ को चुनावी सभा सम्बोधन गर्दै थिए ।

 

सामाजिक संजालबाट अडियो वार्ता बारे थाहा पाएको बताउदै अध्यक्ष लामिछानेले बडो शालिनतापूर्वक यो बिषयलाई सम्बोधन गरेका छन ।

 

उनमा उत्तेजना छैन कुनै आक्रोश ब्यक्त गरेनन उनले छानवीन गर्ने र कारवाहीको प्रतिवद्धता जनाए । डा.श्रेष्ठलाई निलम्बन गर्ने निर्देश गरेको जानकारी दिएका अध्यक्ष लामिछानेले उनै श्रेष्ठले नाम लिएका पार्टी अध्यक्ष आफै छानविनको दायरामा आउने नआउने बारे केही बोलेनन ।

यसैवीच पार्टीले एक बिज्ञप्ति जारी गरि सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

डा. श्रेष्ठको स्वरमा स्वास्थ्य मन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको जनाएको छ ।


यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ ।
उपचुनावको यो संग्रामको बेला सार्वजनीक भएको अडियोले सष्ट्रिय स्वतन्त्र पार्टीलाई रक्षात्मक बनाएको छ । सामाजिक संजालमा यो बिषयलाई लिएर निकै आलोचना भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.