logo

रौतहटमा ,सडक बिस्तारको बिषयमा भएको झडपमा गोली चल्दा एकको ज्यान गयो अन्य चार घाइते

 इसीमाना सम्वाददाता     २०८० बैशाख २ गते ०८: १४ मा प्रकाशित     321   पटक पढिएको

गौर । रौतहटको गढीमाई नगरपालिकामा सडक बिस्तारको बिषयलाई लिएर भएको बिवावदमा गोली चल्दा एक जनाको ज्यान गएको छ । अन्य चार जना घाईते भएका छन् ।


गढीमाई नगरपालिका वडा नम्वर ८ धोविनिया गाउँमा शनिवार दिउसो सडक बिस्तारको बिषलाई लिएर रामईश्वर राय यादव र राजकुमार यादव पक्षबीच विवाद भएको थियो । विवाद झडपमा परिणत भएपछि रामईश्वर यादवको पक्षले गोली चलाउदा राजकुमार यादव घाइते भएका थिए ।

 

गोली लागि घाइते भएको यादवलाई उपचारकोलागि वीरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक वीर बहादुर बुढामगरले जानकारी दिए ।

निरज यादवको खुटामा गोली लागेको छ भने झड्पमा ढुंगा लागेर घाइते भएका रामप्रताप यादव, कपिलदेव यादव सहितका चार जनाको गरुडा नगरपालिका स्थित ग्रान्डी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी मगरले जानकारी दिए ।


घटना पछि धोविनियाँ गाउँमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरेर अबैध हतियार चलाउने समुहको खोजीकार्य तथा घरतलासी भईरहेको र अहिले सम्म ९ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको एसपी मगरले बताए ।


स्थानीय रामईश्वर र राजकुमार पक्षवीच सडक बिस्तार गर्ने विषयमा कुरा नमिल्दा चर्काचर्की भएर झडप हुँदा राजकुमार पक्षधरले ढुङ्गा मुढा गर्न थालेपछि रामर्इश्वर पक्षले अबैध हतियारबाट गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.