logo

एमालेका बौद्धिक नेता पौडेलको उम्मेदवारीले “भेन्टिलेटर”मा पुगेको पार्टी संघर्षको मोर्चामा अग्रस्थानमा आयो

 इसीमाना सम्वाददाता     २०८० बैशाख ४ गते १०: २५ मा प्रकाशित     852   पटक पढिएको

पुरुषोत्तम पौडेल पंचायतीकालमै जनपक्षीय उम्मेदवार भएर तत्कालीन निजगढ पंचायतको प्रधानपंच निर्वाचित भएका थिए ।

 

नेपालको मात्र होइन संगठीत सदस्य भएका हिसावले संसारकै दोश्रो ठुलो लोकप्रिय बिद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सदस्य भएका निकै गतीशल नेता ।

 

०४८ मा कम्युनिष्ट आन्दोलनको उर्वर भूमी बारा जिल्लामा नेकपा एमालेको पार्टी सचिवको जिम्मेवारी पुरा गरेका नेता । अहिले नेकपा एमालेको पोलिटब्यूरो सदस्य एवं मधेश प्रदेशको सह इन्चार्जको जिम्मेवारीमा क्रियाशिल छन ।

 

बारा बाटै एक पटक प्रतिनिधि सभामा एक पटक र संम्बिधान सभामा एक पटक निर्वाचित पौडेल मधेश प्रदेशमा एमालेका निकै सम्भावना भएका नेताको कोटीमा पर्छन ।


बैचारिक नेताको रुपमा आफनो नेतृत्व कौशल प्रमाणीत गरिसकेका नेता पौडेल शालीन तथा भद्र नेता हुन । पौडेल बारा जिल्लाको जन जनको मनमा बस्न सफल छन ।

 

बाराको निर्वाचन क्षेत्र नं २ तुलानात्मक रुपमा नेकपा एमाले कमजोर ठानिएको क्षेत्र हो । तर निर्वाचनको मैदानमा पुरुषोत्तम पौडेललाई उम्मेदवारको रुपमा प्रस्तुत गर्ने पार्टी निर्णयले “कोरामिन”सूईको काम गरेको छ ।

 

पौडेको उम्मेदवारीले “भेन्टिलेटर”मा पुगेको बिरामी उठेर आफनो दैनीकीमा पर्के जस्तो भएको एमाले कार्यकर्ताको बुझाई छ ।

 

पार्टी छिन्न भिन्न भएको थियो भेन्टिलेटरमा भएको भएको पार्टी अहिले निर्वाचन रुपी संघर्षको अग्रमोर्चामा आएको एमालेका नेता जवलन्धर सिंहको टिप्पणी छ ।


बारा जिल्लाको निर्वाचन क्षेत्र नं २ यस्तो निर्वाचन क्षेत्र हो जसको सबै वडामा एमाले छ । सदैव हसिलो र सहज रुपमा प्रस्ुतत हुने नेता पौडेललको बोलीमा बिश्वासर मिठास एकैपटि अनुभव गर्न पाइन्छ ।

 

मधेशलाई सामुदायीक र जातीयरुपमा बिभक्त गरेर राजनीति गर्दै आएका उपेन्द्र यादवलाई अहिले बारामा जातीयताको बिरोधमा भाषण गर्नु परेको छ ।

 

साम्प्रदायीकताको बिरोध गर्नु परेको छ । अझ त्यो भन्दा बढी नेपालको शरहद भित्र कोही बाहिरिया र भित्रिया नहुने कुरा स्थापित गराउनु परेको छ ।

 

यि तीनवटै कुरा यादवले आफनो राजनीतिक शक्ति र सत्ता प्राप्तिका निम्ति उपयोग गरेका थिए । आज बाराको क्षेत्र नं २ बाट चुनाव जित्नकालागि यही तीनवटा बिषयको बिरोधमा यादवको अभियान चल्दो छ ।


यादवका बिरुद्ध मधेशमा डा.सी.के राउतले बैकल्पीक नेतृत्वको रुपमा उदाउने प्रयास गर्दै गवजको चुनौती दिएका छन । त्यसको प्रभाव बाराको क्षेत्र नं २ पनि देखिएको छ ।

 

तर कम्युनिष्ट आन्दोलनको उर्वर भूमी बाराको २ मा कम्युनिष्ट आन्दालेनबाट बिभिन्न कालखण्डमा बिभिन्न कारणले अलग थलग भएर बसेका पुरना कम्युनिष्टहरु एकै पटक बेगवान उर्जा र उत्साहका साथ पौडेलको वरिपरि गोलवद्ध हुदै आएका छन । सिंगो पार्टी एक भएको छ ।आन्तरि।क रुपमा यति बजवुतीकासाथ नेकपा एमाले चुनावी मैदानमा उत्रिएको छ की आम मान्छेहरु त्यसबाट प्रभावित भएका छन । त्यसमाथि एमाले नेता पौडेल निकै बौद्धिक र ब्यवहारिक नेताको
रुपमा स्थापित छन ।


पौडेल बारका कै हुन उनी जनताको वीचमै रहेका नेता हुन। लोककल्याण्कालागि एमाले सरकारले गरेका काम हरु बिकास निर्माण काम पौडेलका निम्ति सवल पक्ष हुन भने बिकास प्रतिको उनको दृष्टिकोण र क्षेत्रमा बिकासका निम्ति उनले देखाएको मार्गचित्र जनताले पत्याउने खालका छन ।

 

उनी टोल टोलामा पुग्छन आम जनताको वीचमा सजिलै घुलमिल हुन्छन स्थानीय भाषामा दख्खल छ जनताले बुझने गरि आफना कुरा राख्छन । खेतमा काम गरिरहेका जनताको वीचमै पूग्छन ।

 

मतदातासँग सजिलै घुलमिल हुन्छन्। मन्द र मीठो मुस्कान त उनको बिशेषता नै हो । यादव हराउन अभियानको फाइदा पनि पौडेलले प्राप्त गर्ने छन । यादवलाई जिताएर उनीसंगै भोलीको दिनमा प्रतिस्पर्धा गर्ने कुरामा कतिपय यादव नेताहरुपनि चाहिरहेका छैनन । यस्तोमा बारा क्षेत्र नं २ नेकपा एमालेकोलागि निकै सम्भावना भएको क्षेत्र बनेको छ ।

 

पचरौता नगरपालिका एमालेको आधार क्षेत्र नै हो । कोल्वीको वडा नं ८ करैयामाई देवताल तथा सुवर्ण गाउँपालिकाका सबै वडामा एमाले कडा प्रतिस्पर्धा दिने अवस्थामा रहेकोले बाराका क्षेत्र २ को स्थानीय राजनीतिमा बारिहकालाई हराउने अभियानको फाइदा नेकपा एमालले पाउने अधाराहरु बन्दै गएकोले बारा २ मा एमालेको झण्डा फहरिन सक्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.