logo

परिवारमा एक्लो नागरिकताधारी गुप्ता भन्छन इटियाही मेरा पूर्वजको गाउँ हो त्यहीबाट नागरिकता लिएको हुँ

 इसीमाना सम्वाददाता     २०८० बैशाख ५ गते ०८: ११ मा प्रकाशित     659   पटक पढिएको

बारा जिल्लाको इटियाही मेरो पूर्वजहरुको थलो हो मेरो वुवाको वुवा इटियाही निवासी हो त्यसैले मेरो नागरिकता पनि त्यही गाउँबाट लिएको हो ।

 

नागरिकता इटियाहीबाट कसरी बन्यो भन्ने जिज्ञासामा नितेश गुप्ताले यस्तो जवाफ दिएका हुन ।
गुप्ताले पूर्वजहरु वुवा र हजुरवुवाहरु बाराको इटियाहीको बासिन्दा भएको दावी गरे पनि उनले नागकिता भने जन्मको आधारमा प्राप्त गरेको देखिन्छ । पूर्वजहरु नै यहीका भएपछि नागरिकता त बंशज हुनु पर्ने प्रश्नको उत्तर भने गुप्तासंग छैन ।


तारा प्रासदको जेठो छोरो म नितेश गुप्ता नेपालीनागरिकताधारी हु मेरो भाई अहिले पनि भारतीय नै हो गुप्ताले भने एउटै बाबुका तीन सन्तान तीन देशका नागरिक हुन सक्छन की सक्दैनन भन्दै प्रतिप्रश्न गरे ।


नितेशबा बुवा ताराचन्द प्रसाद तेली भने वीरगंजसंग सीमा जोडिएको भारतीय शहर रक्सौल नजिकै श्रीरामपुर गाउँको स्थायी बासिन्दा हुन । तेलीले छोटो समयमा वीरगंजभित्र अथाह सम्पती जोडन सफल भएका छन ।


वीरगंजमा काजु किसमिस, छोकड़ा, दाल र किराना समानको अनधिकृत कारोवार गरेर ताराचन्दले पैसा मात्र कमाएनन्, आफ्नो जेठो छोरा नितेश गुप्तालाई बाराको इटियाहीबाट जन्मको आधारमा नेपाली नागरिकता दिलाई नितेश फुड प्रोडक्ट्स् प्रालि नामक कम्पनी खोलेर देशभरी कारोबार पनि फैलाएका छन्।

 

नितेशको सानो भाई विकेश आज पनि भारतीय नागरिकको हैसियतमा छन्। ताराचन्द र उनको श्रीमती कासमनी देवी पनि भारतीय नागरिक नै रहेको प्रमाणले पुष्टि गरेको छ। नितेशका दुई जना काकाहरू पनि भारतीय नै रहेको बिहार निर्वाचन आयोगको मतदाता नामावलीले पुष्टि गरेको छ।

उनले २०६३ फाल्गुण ११ गते त्यतीवेला गाउँ गाउँमा खटाइएको नागरिकता टोलीका प्रमुख हरि प्रसाद शर्मालाई मोटो नजराना चढ़ाई ३३३०७४ ९५३को नागरिकता प्रमाणपत्र हासिल गर्न सफल भएका थिए।

 

गुप्ताले भारतमा आफनो कुनै कागजात नभएको बताए । उनले २० भन्दा बढी नेपालीलाई रोजगारी दिएको कुरा मिडियाले नलेख्ने भन्दै असन्तोष ब्यक्त गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.