logo

वीरगंजमा इद मिलन,नेताहरुको एकै स्वर, परम्परादेखीको सदभाव र एकता खण्डीत हुन दिदैनौं

 इसीमाना सम्वाददाता     २०८० बैशाख १६ गते ०९: ५५ मा प्रकाशित     571   पटक पढिएको

वीरगंज । मुस्लिम समुदायको आयोजनामा वीरगंजमा शनिवार इद मिलन समारोह सम्पन्न भएको छ । समारोहलाई नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्दै एकिकृत नेपाल निर्माणमा मुस्लिम समुदायको भुमिकाबारे चर्चा गरेका थिए ।

 

उनले सवै धर्मका मानिस मिलेर नेपालको बिकाश गर्नुपर्ने समय आएको बताएका थिए । नेपालमा १० धर्मका ब्यक्तिको बसोवास रहेको चर्चा गर्दै उनले धार्मिक विधिताका वीचमा एकता नेपाली समाजको सौन्दर्य भएको बताए । उनले रष्ट्रिय हित र एकताको निम्ति मुलुकमा सदभाव र एकताको खाँचो रहेको बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै पर्साको क्षेत्र नं १ का प्रतिनिधि सभाका सदस्य पदीप यादवले धार्मिक कुरा भावना संग जोडिने भएकोले सम्बेदनशील हुन आवश्यक रहेको बताए ।

No description available.

केही दिन देखी समाजमा धार्मिक सदभावलाई बिथोल्ने प्रयास भइरहको आफनो अनुभव रहेको बताउदै पूर्वमंत्री समेत रहेका यादवले यस बारेमा आफूले मुलुकका प्रधानमंत्री प्रहरी प्रमुख स्थानीय प्रशासनलाई अवगत गराएको बताए ।

 

केही तत्व सदभाव बिगार्न योजनावद्ध रुपमा लागेको छ यो बिषयमा हामी जानकार छैनौ भन्ने छैन उनले भने “सामाजिक सदभाव बिगारेर समाजको शान्ति भंग गर्न खोज्ने जोसुकैलाई प्रशासनले कानून अनुसार कारवाही गर्नु पर्छ ” ।


सासद यादवले समाजको इतिहासको चर्चा गर्दै भने “हामी सबै दाजुभाई हौं यो सम्बन्ध त परम्परादेखीको हो यसलाई तोड्न हुदैन र कसैले तोडने सपना पनि देख्नु हुदैन ।


कार्यक्रममा प्रदेश सरकारका उधोग तथा पर्यटन राज्यमंत्री रहवर अन्सरीले चाडपर्वहरु प्रहरीको सुरक्षाघेरा भित्र मनाउनु पर्ने अवस्था आयो भने त्यहा केही समस्या छ भन्ने बुझनु पर्ने बताए । उनले धार्मिक बिचारमा बिविधता त छ तर त्यहा सहिष्णुता पनि हुनु पर्ने बताए । धार्मिक तथा सामुदायिक सहिष्णुताले मात्र समाजको सुरक्षा र बिकासको प्रत्याभूती गर्ने मंत्री अन्सारीले बताए ।


वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको प्रति समाजका सबै तप्का सम्बेदनशील हुनु पर्ने बताए । उनले कुनै पनि समुदायमा सदभाव बिगार्नेहरुको कदमलाई नियन्त्रण गर्ने अग्रसरता हुनु आवश्यक रहेको बताए ।

No description available.

उनले कागले कान लग्यो भन्दैमा कागको पछाडि कुदन नहुने बरु कान छाम्नु पर्ने सुझाव दिदै बदमाशी गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याएर दण्डीत गर्नु पर्ने बिचार ब्यक्त गरे ।

उनले सोसल मिडियामा गैर जिम्मेवारीपूर्वक जे मन लाग्यो त्यही लेख्ने प्रवृति बढेको प्रति चिन्ता समेत ब्यक्त गरे ।

कार्यक्रममा पर्सा क्षेत्र २ का सासद अजय चौरसिया, प्रदेश सभा सदस्य श्याम पटेल, उपमेयर ईम्तियाज आलम , नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अंसारी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा,वीरगंज उद्योग वाणिज्य संघका अनिल अग्रवाल, महम्मद शाहबुदिन ,औषधि व्यवसायि संघका अध्यक्ष ताजुदिन अंसारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अंसारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शशिकपुर मियाँले गरेका थिए । कार्यक्रम टाउन हलमा सम्पन्न भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.