logo

मधेश प्रदेश संचार सम्मेलन सम्पन्न , ऐन संशोधन र अक्षयकोषमा रकम उपलब्ध गराउने मुख्यमंत्री यादवको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८० बैशाख २० गते ०७: २४ मा प्रकाशित     619   पटक पढिएको

रौतहट । सम्मेलनको उद्घाटन गर्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री राम सरोज यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।


मंगलबार रौतहटको चन्द्रपुरस्थित होटेल अशोकामा आयोजित मधेश प्रदेश संचार सम्मेलनलाई संम्वोधन गर्दै मुख्य मन्त्री यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एकदमै अनिवार्य रहेको बताए ।

May be an image of 3 people, people smiling, lighting, dais and text
संचारकर्मी र संचारमाध्यमका लागि हित हुने गरि प्रदेश संचार ऐन संशोधन गरिने उनले बताए । ऐन तथा कानुन पनि निर्माणमा प्रदेश सरकार लागि परेको मुख्यमन्त्री यादवले धारणा ब्यक्त गरे ।


पत्रकारका समस्या आफुले बुझेको जनाउँदै मुख्यमन्त्री यादवले प्रदेशमा संचारकर्मीलाई सहयोग गर्न अक्षयकोषका लागि एक करोड रुपैयाँ पच्चीस लाख आउने आर्थिक वर्षमा उपलब्ध गराउने गरि ब्यवस्था मिलाउने प्रतिवद्धता ब्यक्त गरे । मुख्यमंत्री यादवले पत्रकारले सत्यका आधारमा समाचार लेख्नु पर्ने जोड दिए ।

May be an image of 4 people, barong, sarong, dais and text

उनले नैतीकताको कुरा पत्रकारकोलागि महत्वपूर्ण हुने चर्चा गर्दै मधेश प्रदेशा नैतीक शिक्षाको अध्यापनको ब्यवस्था मिलाउने समेत बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तारानाथ दाहालले मुलुकमा निर्माण भएको कानूनका बिषयमा चर्चा गरेका थिए । दाहालले प्रदेश कानुन र त्यसमा रहेका असंगत प्रवन्धहरुको बारेमा जानकारी गराएका थिए ।

 

उनले प्रदेशले कानून निर्माण गरेर राम्रो गरेको बताउदै कमी कमजोरीहरु संशोधन मार्फत सुधार गर्न सुझाव दिएका थिए । उनले संशोधन गर्न आवश्यक प्रवन्धहरुको बिवेचना सहितको सुझाव प्रतिवेदन मधेशका मुख्यमंत्री सरोज यादवलाई हस्तान्तरण गरेका थिए ।

May be an image of 7 people, flute, dais and text

कार्यक्रममा रौतहट क्षेत्र नं. ४ का संघिय सांसद देवप्रसाद तिमल्सिना,प्रदेश सांसद युवराज भट्टराई, कनिस पटेल बिभिन्न नगरपालिकाका मृेयर लगाएत विभिन्न दलका नेताहरु ले धारणा राखेका छन ।


सम्मेलनमा पत्रकार पेशालाई मर्यादित वनाउनेतर्फ ध्यान दिन वक्ताहरुले जोड दिएका छन ।

May be an image of 5 people, flute, speaker, microphone and text
नेपाल पत्रकार महासंघ मधेस प्रदेश तथा रौतहट शाखाको समन्वयमा आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाका अध्यक्ष तथा २ पत्रकार महिला सहित ६र६ जनाको सहभागिता रहेको थियो ।


कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय काप्ले,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान,केन्द्रीय सदस्यद्वय शिवपुरी, के.सी.लामिछाने,मधेस प्रदेश अध्यक्ष राजेश कर्ण, महासचिव श्याम बन्जरा, प्रेस चौतारीका मधेश प्रदेश अध्यक्ष फणि महत ,प्रेस मंचका मधेशका महासचिव बन्दना झा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य संजय कार्की नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झा लगायतले कार्यक्रममा आफना मन्तब्य ब्यक्त गरेका थिए ।

May be an image of 3 people, temple, dais and text that says 'R: श्रम अधिकार र प्रेस २ रिता, सुरक्षित दे ना हाम्रो र 0 Galaxy S23 Ultra'
कार्यक्रममा लामो समय देखी पत्रकारि।ता गर्दै आएका मधेशका ८ जना बरिष्ठ पत्रकारलाई “मधेश पत्रकारिता सम्मान” बाट सम्मानीत गरिएको थियो । त्यसरी सम्मानीत हुनेमा पर्साका लालबाबु शेख, बाराका गम्भिरा सहनी,रौतहटका शिवपुरी ,सर्लाहीका शंकर श्रेष्ठ, महोत्तरीका दशरथ भण्डारी धनुषाका बि.एम.खनाल सिराहका दिनेश्वर गुप्ता र सप्तरीका ब्यासशंकार उपाध्याय रहेका छन ।

 

त्यसैगरि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य के.सी.लामिछानेलाई संस्थागत बिकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मानीत गरिएको थियो ।


यस अघि बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा रौतहटको चन्द्रपुरमा बिहान नेपाल पत्रकार रौतहट शाखाको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।

 

प्रभातफेरि मुख्य चौकमा कोणसभामा परिणत भएको थियो । संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै यो दिवस मनाइँदै छ । नेपालमा पनि यस दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरीन्छ ।


कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पुर्ण श्रमजीवी पत्रकारहरुलाइ शुभकामना दिदै विश्व प्रेस स्वतन्त्रता कायम भए देखि हालसम्मको अवस्था बारे जानकारी दिए ।

May be an image of 12 people, people standing, poster, flag, banner, plant, temple and text
दाहालले विश्व प्रेस स्वतन्त्रता दिवसमा ज्यान गुमाएका तथा घाइते भएका पत्रकारहरुलाई सम्मान गर्ने ।

 

आफ्नो कार्यक्षेत्र अन्तर्गत सक्रिय भइ कार्यरत हुँदा समय पक्राउ परि कारागारमा बन्धक  बनाइउका पत्रकारहरुलाई रिहाईको लागि पहल गर्ने र पत्रकारितामा विश्वसनीयता सबभन्दा महत्वपूर्ण हुने भएकोले यस क्षेत्रमा कहिले काही सत्य लुक्ने तथा तथ्य छुट्ने जस्ता समस्या परेको हुदा यस्ता विषय बस्तुमा विशेष रुपमा ध्यान दिई आफ्नो कार्यक्षेत्रमा अगाडि बढन आग्रह गरे । कार्यक्रम रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.