logo

रौतहट बम बिष्फोट काण्डका  अभियुक्त आलमका सहयोगी सराज फक्राउ ,अझै आठ जना प्रतिवादी फरार

      7/2/2020 गते 00 00 मा प्रकाशित     944   पटक पढिएको

नेपाली कांग्रेसका नेता निलम्वित सासद अफताब आलमका मुख्य सहयोगी राजपुर नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षीय शेष सराज पक्राउ परेका छन ।


पहिलो सम्बिधान सभाको चुनावका बेला बुथ क्याप्चर गरेर चुनाव जित्ने प्रयोजनकालागि अफताब आलमले बम बनाउन लगाएका थिए ।

 

त्यही बम बनाउने बेलामा बिस्फोट भएको थियो । राजपुरमा बम बनाउने क्रममा भएको बम विस्फोटनमा परि मृत्यु र घाइते भएकाहरुलाई ईटा भट्टामा हालेर पोलेर हत्या गर्ने काममा शेष सराजले मुख्य भूमिका निर्वाह गरेको प्रहरीको भनाई छ । 
प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरिक्षक बरुण सिंहको कमाण्डमा रहेको प्रहरी टोलीले सराजलाई पक्राउ गरेको हो । 

 

सराजलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा पेस गरिएको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिनु भयो  । प्रहरीका अनुसार २०६४ चैत २८ गते हुने संविधानसभाको चुनावलाई लक्षित गरी आलमले आफ्ना काका शेख इन्द्रिसको घरमा चैत २७ गते बम बनाउन लगाएका थिए । बम बनाउने क्रममा भएको बिष्फोट भएको थियो ।

 

त्यस क्रममा क्रममा बिस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसमेत १६ जना घाइते र ३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । मृत्यु भएका र घाइते सबैलाई नजिकैको इँटाभट्टामा हालेर जलाइएको थियो । 

 

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले २४ जेठमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीय मुक्ति शाहलाई पक्राउ गरेको थियो ।

 

पक्राउ परेका सराजले काँग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका ३ जना र घाइते भएका १६ जनालाई बोरामा राखी ट्रक्टरमा राखेर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएका छन ।आरोपित आलमसहित ११ जना विरुद्ध मुद्दा दर्तामा रहेकोमा  अझै पनि ८ जना फरार छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.