logo

रौतहट बम बिष्फोट काण्डका  अभियुक्त आलमका सहयोगी सराज फक्राउ ,अझै आठ जना प्रतिवादी फरार

      7/2/2020 गते 00 00 मा प्रकाशित     1126   पटक पढिएको

नेपाली कांग्रेसका नेता निलम्वित सासद अफताब आलमका मुख्य सहयोगी राजपुर नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षीय शेष सराज पक्राउ परेका छन ।


पहिलो सम्बिधान सभाको चुनावका बेला बुथ क्याप्चर गरेर चुनाव जित्ने प्रयोजनकालागि अफताब आलमले बम बनाउन लगाएका थिए ।

 

त्यही बम बनाउने बेलामा बिस्फोट भएको थियो । राजपुरमा बम बनाउने क्रममा भएको बम विस्फोटनमा परि मृत्यु र घाइते भएकाहरुलाई ईटा भट्टामा हालेर पोलेर हत्या गर्ने काममा शेष सराजले मुख्य भूमिका निर्वाह गरेको प्रहरीको भनाई छ । 
प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरिक्षक बरुण सिंहको कमाण्डमा रहेको प्रहरी टोलीले सराजलाई पक्राउ गरेको हो । 

 

सराजलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा पेस गरिएको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिनु भयो  । प्रहरीका अनुसार २०६४ चैत २८ गते हुने संविधानसभाको चुनावलाई लक्षित गरी आलमले आफ्ना काका शेख इन्द्रिसको घरमा चैत २७ गते बम बनाउन लगाएका थिए । बम बनाउने क्रममा भएको बिष्फोट भएको थियो ।

 

त्यस क्रममा क्रममा बिस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसमेत १६ जना घाइते र ३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । मृत्यु भएका र घाइते सबैलाई नजिकैको इँटाभट्टामा हालेर जलाइएको थियो । 

 

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले २४ जेठमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीय मुक्ति शाहलाई पक्राउ गरेको थियो ।

 

पक्राउ परेका सराजले काँग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका ३ जना र घाइते भएका १६ जनालाई बोरामा राखी ट्रक्टरमा राखेर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएका छन ।आरोपित आलमसहित ११ जना विरुद्ध मुद्दा दर्तामा रहेकोमा  अझै पनि ८ जना फरार छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.