logo

बीस हजार भिटिएम किट आयो ,परिक्षण द्रुत हुने,सहयोग र सहभागिताकालागि नागरिकमा महानगरप्रमुखको अपिल

      7/3/2020 गते 00 00 मा प्रकाशित     1632   पटक पढिएको

बीरगंज महानगरपालिकाले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि परिक्षण बढाउन गरेको अभियानले सफलता पाएको छ ।

 

बीरगंज महानगरले सहयोग संकलन गरेर पिसीआर मेशिन संचालनमा ल्याएपछि अव बीरगंजका नागरिकको कोरोना भाइरसको संक्रमण परिक्षणको काम हुने भएको छ । 


परिक्षणकालागि आवश्यक पिसीआर किट, रिएजेन्ट किट र भिटिएम महानगरमा आइपुगेको छ । महानगरको करिब ५६ लाखको लागतमा २ हजार पिसीआर किट ,२ हजार रिएजेन्ट किट २० हजार भिटिएम आएको बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुामार सरावगीले बताउनु भयो । 


परिक्षण कार्य संचालनकालागि महानगरले नेशनल मेडिकल कलेज र नेपाली सेनासंग जनशक्ति माँग गरेको छ । नेपाली सेनासंग र दश र नेशनल मेडिकल कलेजसंग १० जना प्राविधिक जनशक्ति माँग गरिएको प्रमुख सरावगीले बताउनु भयो । महानगर संग दश जना प्राविधिक टोली तयार छ थप २० जनाको ब्यवस्थान गर्दा दैनीक १ हजार ५ सय जनाको परिक्षण गर्न सकिने गरि ब्यवस्थापन मिलाउने काम भइरहेको उहाँले जानकारी दिनु भयो ।


कोरोना भाइरसको परिक्षण र त्यसको रोकथामको क्लिनीकल जिम्मेवारी संघ सरकारको हो । बीरगंज महानगरले पिसीआर मेशिन खरिद ,जडान र परिक्षणकालागि चाहिएको अन्य समाग्रीको ब्यवस्था गरेर सरकारलाई सहयोग गरेको हो ।

नागरिकको जीवन रक्षामा  प्रदेश र सघ सरकारले द्रुत गतीमा काम नगरेकै कारण महानगरपालिकाको तर्फबाट मेयर सरावगीले कोरोना रोकथाम तथा नियन्त्रणकोलागि कोभिड अस्पतालको संचालन र द्रुत परिक्षणकालागि आवश्यक पूर्वाधार निर्माणको नेतृत्व लिनु भएको थियो । 


बीरगंजका २० प्रतिशत नागरिकको स्वाब परिक्षणकोलागि आवश्यक समाग्री जोडीसक्यौ महानगर प्रमुख सरावगीले भन्नु भयो“अरु पनि ब्यवस्थापनमा लागेका छौ अव त हामीले यत्रो सहयोग गरेपछि प्रदेश र संघ सरकारले पनि सहयोग गर्ने बिश्वास लिएको छु । दैनीक १ हजार पाँच सयका दरले परिक्षण हुदा एक डेढ महिनामा  परिक्षण सकेर संक्रमीतहरुलाई आइसोलेट गरि बीरगंजलाई थप चुनौतीमा जान बाट रोक्न सकिने उहाँले बिश्वास ब्यक्त गर्नु भयो । 


बीरगंज महानगरपालिकाले खरिद गरेको रिएजेन्ट किट र पिसीआर किट नारायणी अस्पताललाई उपलब्ध गराइने छ भने भिटिएम महानगरले परिचालन गर्ने स्वास्थ्कर्मीहरुकालागि आवश्यक हुने भएकोले महानगरमै राखिने महानगरप्रमुख सरावगीले बताउनु भयो । एक घर बाट एक जनाको कोराना भाइरसको संक्रमणको परिक्षण गरिने छ ।

 

त्यो संगै भाडामा बसेका तर बीरगंजमा ब्यापार ब्यवसाय गरेकाहरुलाई पनि परिक्षणको दायरामा ल्याइने महानगरप्रमुख सरावगीले बताउनु भयो । अहिले महानगरले खरिद गरेको किटले १० हजार जनाको स्वाब परिक्षण गर्न सकिने छ । 


घर घरमा गएर चन्दा उठायो भनेर सार्वभौम सदनमा समेत झूठो बोलेर खिल्ली उडाउनेहरु, उधोगी ब्यवासयाीलाई चन्दा नदिन कुटनीति रुपमा धम्की दिनेहरु कोभिड अस्पताल संचालन गर्न नदिन मंत्रालय सम्म पुगेर अवरोध गर्नेहरु निरन्तर लागि रहे तर पनि नागरिकको जीवनको रक्षाकोलागि महानगर प्रमुखले लिएको अडान र दृष्टिकोण दुरगामी पुष्टि हुनुका साथै सफल भएको छ ।

महानगरपालिकाको नेतृत्वमा बीरगंजका सैयो नागरिकको कोराना भाइरसको संक्रमण परिक्षण हुने र महानगरलाई जोखिमबाट जोगाउने काम हुदैछ । यस्तोमा नागरिकको सहभागिता साथ र सहयोगको आफूले सदैव अपेक्षा गरेको महानगरप्रमुख सरावगीले बताउनु भयो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.