logo

बीस हजार भिटिएम किट आयो ,परिक्षण द्रुत हुने,सहयोग र सहभागिताकालागि नागरिकमा महानगरप्रमुखको अपिल

      7/3/2020 गते 00 00 मा प्रकाशित     1543   पटक पढिएको

बीरगंज महानगरपालिकाले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि परिक्षण बढाउन गरेको अभियानले सफलता पाएको छ ।

 

बीरगंज महानगरले सहयोग संकलन गरेर पिसीआर मेशिन संचालनमा ल्याएपछि अव बीरगंजका नागरिकको कोरोना भाइरसको संक्रमण परिक्षणको काम हुने भएको छ । 


परिक्षणकालागि आवश्यक पिसीआर किट, रिएजेन्ट किट र भिटिएम महानगरमा आइपुगेको छ । महानगरको करिब ५६ लाखको लागतमा २ हजार पिसीआर किट ,२ हजार रिएजेन्ट किट २० हजार भिटिएम आएको बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुामार सरावगीले बताउनु भयो । 


परिक्षण कार्य संचालनकालागि महानगरले नेशनल मेडिकल कलेज र नेपाली सेनासंग जनशक्ति माँग गरेको छ । नेपाली सेनासंग र दश र नेशनल मेडिकल कलेजसंग १० जना प्राविधिक जनशक्ति माँग गरिएको प्रमुख सरावगीले बताउनु भयो । महानगर संग दश जना प्राविधिक टोली तयार छ थप २० जनाको ब्यवस्थान गर्दा दैनीक १ हजार ५ सय जनाको परिक्षण गर्न सकिने गरि ब्यवस्थापन मिलाउने काम भइरहेको उहाँले जानकारी दिनु भयो ।


कोरोना भाइरसको परिक्षण र त्यसको रोकथामको क्लिनीकल जिम्मेवारी संघ सरकारको हो । बीरगंज महानगरले पिसीआर मेशिन खरिद ,जडान र परिक्षणकालागि चाहिएको अन्य समाग्रीको ब्यवस्था गरेर सरकारलाई सहयोग गरेको हो ।

नागरिकको जीवन रक्षामा  प्रदेश र सघ सरकारले द्रुत गतीमा काम नगरेकै कारण महानगरपालिकाको तर्फबाट मेयर सरावगीले कोरोना रोकथाम तथा नियन्त्रणकोलागि कोभिड अस्पतालको संचालन र द्रुत परिक्षणकालागि आवश्यक पूर्वाधार निर्माणको नेतृत्व लिनु भएको थियो । 


बीरगंजका २० प्रतिशत नागरिकको स्वाब परिक्षणकोलागि आवश्यक समाग्री जोडीसक्यौ महानगर प्रमुख सरावगीले भन्नु भयो“अरु पनि ब्यवस्थापनमा लागेका छौ अव त हामीले यत्रो सहयोग गरेपछि प्रदेश र संघ सरकारले पनि सहयोग गर्ने बिश्वास लिएको छु । दैनीक १ हजार पाँच सयका दरले परिक्षण हुदा एक डेढ महिनामा  परिक्षण सकेर संक्रमीतहरुलाई आइसोलेट गरि बीरगंजलाई थप चुनौतीमा जान बाट रोक्न सकिने उहाँले बिश्वास ब्यक्त गर्नु भयो । 


बीरगंज महानगरपालिकाले खरिद गरेको रिएजेन्ट किट र पिसीआर किट नारायणी अस्पताललाई उपलब्ध गराइने छ भने भिटिएम महानगरले परिचालन गर्ने स्वास्थ्कर्मीहरुकालागि आवश्यक हुने भएकोले महानगरमै राखिने महानगरप्रमुख सरावगीले बताउनु भयो । एक घर बाट एक जनाको कोराना भाइरसको संक्रमणको परिक्षण गरिने छ ।

 

त्यो संगै भाडामा बसेका तर बीरगंजमा ब्यापार ब्यवसाय गरेकाहरुलाई पनि परिक्षणको दायरामा ल्याइने महानगरप्रमुख सरावगीले बताउनु भयो । अहिले महानगरले खरिद गरेको किटले १० हजार जनाको स्वाब परिक्षण गर्न सकिने छ । 


घर घरमा गएर चन्दा उठायो भनेर सार्वभौम सदनमा समेत झूठो बोलेर खिल्ली उडाउनेहरु, उधोगी ब्यवासयाीलाई चन्दा नदिन कुटनीति रुपमा धम्की दिनेहरु कोभिड अस्पताल संचालन गर्न नदिन मंत्रालय सम्म पुगेर अवरोध गर्नेहरु निरन्तर लागि रहे तर पनि नागरिकको जीवनको रक्षाकोलागि महानगर प्रमुखले लिएको अडान र दृष्टिकोण दुरगामी पुष्टि हुनुका साथै सफल भएको छ ।

महानगरपालिकाको नेतृत्वमा बीरगंजका सैयो नागरिकको कोराना भाइरसको संक्रमण परिक्षण हुने र महानगरलाई जोखिमबाट जोगाउने काम हुदैछ । यस्तोमा नागरिकको सहभागिता साथ र सहयोगको आफूले सदैव अपेक्षा गरेको महानगरप्रमुख सरावगीले बताउनु भयो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.