logo

ओलीको बिकल्प खोज्नेहरु नेकपा भित्रकै भएपनि भारतबाट परिचालीत छनः पूर्वमंत्री चौधरी

      7/3/2020 गते 00 00 मा प्रकाशित     1386   पटक पढिएको

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमंत्री सुरेन्द्र प्रसाद चौधरीले प्रधानमंत्री केपी शार्मा ओलीको भनाईलाई बल पुग्ने गरि सामाजिक संजालमा प्रतिक्रिया सर्वाजनीक गर्नु भएको छ । 

 


प्रधानमंत्री ओलीले असार १४ गते मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यmक्रममा आफूलाई प्रधानमंत्रीबाट हटाउनकालागि भारत लागेको  कुराको वकालत भारतीय संचारमाध्यमले गरेको बताउनु भएको थियो । प्रधानमंत्रीको यो भनाईले सत्तारुढ नेकपा अहिले पनि तरंगीत छ ।

 

ठिक यही बेलामा नेपाली कांग्रेसको राजनीतिमा स्थापित हस्ती पूर्व मंत्री चौधरीको प्रतिक्रियाले पनि सीमाञ्चल सहित देशको राजनीतिलाई तरंगीत बनाउन सफल भएको  छ  । 


नेकपा भित्रै प्रधानमंत्री केपी ओलीलाई प्रधानमंत्री र पार्टी अध्यक्षबाट राजीनामा माँग गरिएको  अवस्थामा  प्रतिपक्षी नेपाली कांग्रेसका एउटा स्थापित मधेशको नेताले प्रधानमंत्रीमा केपी ओलीको बिकल्प अरु नभएको ठोस प्रतिक्रिया दिनु भएको छ । उहाँले केपीओलीको बिरोध गर्नेहरु नेकपा भित्रकै भएपनि उनीहरु भारतबाट परिचालीत भएको ठोकुवा गर्नु भएको छ । 

 


राष्ट्र, राष्ट्रियत र अन्य सवालमा केपीओलीले लिएको राष्ट्रवादी अडानले भारतको टाउको दुखाई भइरहेको बेलामा ओलीलाई प्रधानमंत्रीबाट हटाउन खोज्नुले भारतीय स्वार्थकै सेवा गरेको देखिने कुरालाई पूर्वमंत्री चौधरीको टिप्पणीले बल पु¥याएको छ । 
बौद्धिक नेताको रुपमा परिचित चौधरीले अहिले केपी ओलीको अवश्यकता देख्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 
सामाजिक संजालमा नेता चौधरीलाई बिभिन्न सवालहरु पनि गरिएको छ ।

 

तपाई कहाको समर्थन गर्नु हुन्छ भारत कि चाईना पर्यो भने भनेर एक जनाले राखेको जिज्ञासामा नेता चौधरीले नेपाललाई जसबाट हित हुन्छ भनेर जवाफ दिनु भएको छ । नेपालको हितका सन्दर्भमा अहिले सम्म गरिएका दावीका बिषयमा पनि समिक्षा गर्नु पर्ने कुरालाई मंत्री चौधरीको जवाफले कुटनितिक रुपमा उठान गरेको छ । 

 


नेता चौधरीले चीनकै कारण नेपालको सावभौमसत्ता र अखण्डता संरक्षीत भएको  चर्चा गर्दै चीन नभएको भए नेपाल राजा त्रिभूवको पालामा सिक्कीम जस्तो भइसकेको हुनेथियो भन्नु भएको छ ।

 

 
उहाँले सरदार  वल्लभ भाई पटेलले जम्मू कश्मिरको राजा हरि सिंह र हैदराबादको निजामलाई  जस्तै तपाई पनि भारतमा मिल्नुस भनेर राजा त्रिभूवलाई भनेको स्मरण गर्नु भएको छ । त्यतीबेला राजा त्रिभूवनले यस बिषयमा चीन संग कुरा गर्दा  नयाँ खाले राजनीतिक समिकरण बनेकोलेले नेपालको अखण्डता जोगिएको उहाँले तर्क गर्नु भएको छ ।

 

उहाँले चीनको कारण बनेको नयाँ समिकरणले नै  नेपालले बफर स्टेटको दर्जा पाएको लेख्नु भएको छ ।  नेपालसंग  चीन, भारत र अमेरिकाको भूराजनीतिक महत्व छ।उहाँले जोड दिदै लेख्नु भएको छ  कुरा आर्थिक होईन्। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.