logo

ओलीको बिकल्प खोज्नेहरु नेकपा भित्रकै भएपनि भारतबाट परिचालीत छनः पूर्वमंत्री चौधरी

      7/3/2020 गते 00 00 मा प्रकाशित     1312   पटक पढिएको

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमंत्री सुरेन्द्र प्रसाद चौधरीले प्रधानमंत्री केपी शार्मा ओलीको भनाईलाई बल पुग्ने गरि सामाजिक संजालमा प्रतिक्रिया सर्वाजनीक गर्नु भएको छ । 

 


प्रधानमंत्री ओलीले असार १४ गते मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यmक्रममा आफूलाई प्रधानमंत्रीबाट हटाउनकालागि भारत लागेको  कुराको वकालत भारतीय संचारमाध्यमले गरेको बताउनु भएको थियो । प्रधानमंत्रीको यो भनाईले सत्तारुढ नेकपा अहिले पनि तरंगीत छ ।

 

ठिक यही बेलामा नेपाली कांग्रेसको राजनीतिमा स्थापित हस्ती पूर्व मंत्री चौधरीको प्रतिक्रियाले पनि सीमाञ्चल सहित देशको राजनीतिलाई तरंगीत बनाउन सफल भएको  छ  । 


नेकपा भित्रै प्रधानमंत्री केपी ओलीलाई प्रधानमंत्री र पार्टी अध्यक्षबाट राजीनामा माँग गरिएको  अवस्थामा  प्रतिपक्षी नेपाली कांग्रेसका एउटा स्थापित मधेशको नेताले प्रधानमंत्रीमा केपी ओलीको बिकल्प अरु नभएको ठोस प्रतिक्रिया दिनु भएको छ । उहाँले केपीओलीको बिरोध गर्नेहरु नेकपा भित्रकै भएपनि उनीहरु भारतबाट परिचालीत भएको ठोकुवा गर्नु भएको छ । 

 


राष्ट्र, राष्ट्रियत र अन्य सवालमा केपीओलीले लिएको राष्ट्रवादी अडानले भारतको टाउको दुखाई भइरहेको बेलामा ओलीलाई प्रधानमंत्रीबाट हटाउन खोज्नुले भारतीय स्वार्थकै सेवा गरेको देखिने कुरालाई पूर्वमंत्री चौधरीको टिप्पणीले बल पु¥याएको छ । 
बौद्धिक नेताको रुपमा परिचित चौधरीले अहिले केपी ओलीको अवश्यकता देख्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 
सामाजिक संजालमा नेता चौधरीलाई बिभिन्न सवालहरु पनि गरिएको छ ।

 

तपाई कहाको समर्थन गर्नु हुन्छ भारत कि चाईना पर्यो भने भनेर एक जनाले राखेको जिज्ञासामा नेता चौधरीले नेपाललाई जसबाट हित हुन्छ भनेर जवाफ दिनु भएको छ । नेपालको हितका सन्दर्भमा अहिले सम्म गरिएका दावीका बिषयमा पनि समिक्षा गर्नु पर्ने कुरालाई मंत्री चौधरीको जवाफले कुटनितिक रुपमा उठान गरेको छ । 

 


नेता चौधरीले चीनकै कारण नेपालको सावभौमसत्ता र अखण्डता संरक्षीत भएको  चर्चा गर्दै चीन नभएको भए नेपाल राजा त्रिभूवको पालामा सिक्कीम जस्तो भइसकेको हुनेथियो भन्नु भएको छ ।

 

 
उहाँले सरदार  वल्लभ भाई पटेलले जम्मू कश्मिरको राजा हरि सिंह र हैदराबादको निजामलाई  जस्तै तपाई पनि भारतमा मिल्नुस भनेर राजा त्रिभूवलाई भनेको स्मरण गर्नु भएको छ । त्यतीबेला राजा त्रिभूवनले यस बिषयमा चीन संग कुरा गर्दा  नयाँ खाले राजनीतिक समिकरण बनेकोलेले नेपालको अखण्डता जोगिएको उहाँले तर्क गर्नु भएको छ ।

 

उहाँले चीनको कारण बनेको नयाँ समिकरणले नै  नेपालले बफर स्टेटको दर्जा पाएको लेख्नु भएको छ ।  नेपालसंग  चीन, भारत र अमेरिकाको भूराजनीतिक महत्व छ।उहाँले जोड दिदै लेख्नु भएको छ  कुरा आर्थिक होईन्। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.