logo

प्रदेश संचार ऐनका बिषयमा बोल्यो पत्रकार महासंघ, ऐन अवज्ञाको अवस्था नआओसः महासंघ

      7/7/2020 गते 00 00 मा प्रकाशित     1077   पटक पढिएको

प्रदेश सभा २ ले सर्वसम्मत रुपमा गतहप्ता पारित गरेको प्रदेश संचार समबन्धी ऐन २०७७ प्रति नेपाल पत्रकार महासंघ प्रदेश  समिति २ ले आफनो ध्यानाकर्षण भएको जनाएको छ । 

 


महासंघका महासचिव किरण कर्णले आज एक बिज्ञप्ति जारी गर्दै प्रदेश सरकारले ल्याएको संचार ऐन पूर्वाग्रह सहित नेपाल पत्रकार महासंघलाई निषेध गर्ने मनोदशा र कुण्ठाबाट प्रेरित रहेको टिप्पणी गरेको छ । 

 


एउटै कानूनमा दुईवटा अर्ध न्यायीक निकायहरु खडा गरेर संचार माध्यम र संचारकर्मीलाई दण्डीत गर्ने मनसुवा सहित गरिएका प्रवन्धहरुले आम संचार क्षेत्रलाई नियन्त्रित र नियोजित गर्ने प्रयत्न गरेको देखिन्छ । 


आमसंचार  प्राधिकरण, मिडिया काउन्सिल र मापदण्ड निर्धारण समिति निर्माण गर्ने त्यसमा आफना अनुकलुका मान्छेहरु भर्ती गर्ने प्रपञ्चबाट ऐन निर्माण गरिएको छ ।

 

मान्छेको अनुहार अगाडि राखेर ति संरचनामा नियुक्तिका मापदण्डहरु तयार पारिएको छ ।  ऐनको यो खाले प्रवन्धहरुलाई स्वीकार गर्न सकिने अवस्था नरहेको महासंघले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

 

ऐन अनुसार दर्ता हुनु नपर्ने संचार माध्यमको दर्ता नविकरण नगर्ने प्रवन्ध राखेर बौद्धिक दिवालीयापन समेत प्रर्दशन गरिएको छ । बिदेशी संचार माध्यमका प्रतिनिधिलाई प्रेस पास दिने प्रवन्ध गरेको सरकारले यो ऐन अनुसार प्रदेश २ का पत्रकारलाई प्रेस पास दिने प्रवन्ध नै राखेको छैन । 


प्राधिकरणलाई मनासिव माफिकको क्षतीपूर्ती भराईदिन पाउने गरि असिमति अधिकार दिएर प्रदेश २ मा संचालनमा रहेको स्वरोजगारमुलक संचार माध्यमको गर्दनमा तरवार झूण्ड्याउने प्रवन्ध अहिले पारित गरेको कानूनले गरेकोले संचारगृहका संचालकहरु पनि समस्यामा पर्ने देखिन्छ ।

 

एक त श्रमजीवी पत्रकारलाई कारवाही गर्ने र उनीहरुलाई जरिवाना गराउने प्रवन्धले कानूनी रुपमै श्रमजीवी पत्रकारलाई संकटमा पार्न खोजिएको छ । त्यसमाथि संचार माध्यमले यो गर्न हुने र नहुने भनेर घुमाउरो पारामा बन्देजका प्रवन्धहरु गरिएको छ । प्रदेशको सार्वभौमसत्ताको कुरा गरेर यो ऐनले नेपालको सार्वभौमसत्ताको बिषयमा गम्भिर प्रश्न खडा गरेको छ । 


नेपाल पत्रकार महासंघ प्रदेश २ समिति यस्ता प्रवन्धहरु सहित आएको प्रदेश संचार ऐन प्रति गम्भिर असहमती राख्दै महासंघका असहमतीहरुलाई सम्बोधन गर्न माँग गर्दछ भनिएको छ ।

 

महासंघले आफना कुराको सुनवाई नभए आन्दालनमा जानेर प्रदेश संचार ऐनको अवज्ञा गर्ने बाहेकको बिकल्प नहरेको बिज्ञप्तिमा जनाइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.