logo

वीरगंजको मुख्य शहरको सडक चौडा गर्ने बाटो खुल्यो, ५ महिना पछि डोजर चलाउने सडक डिभिजनको भनाई

 इसीमाना सम्वाददाता     २०८० जेठ ४ गते ०६: ०० मा प्रकाशित     4471   पटक पढिएको

वीरगञ्ज । सर्वोच्च अदालतले सडक बिस्तारको पक्षमा फैसला गरे पछि त्रिभूवन राजपथको वीरगंज भन्सार खण्ड देखी हेटौडा हुदै अगाडि सम्मको बाटो बिस्तार हुने भएको हो ।

 


वीरगंजको मुख्य शहरबाट निस्केको राजपथ बिस्तारको प्रयास गर्दा पटक पटक अदालतमा परेको मुद्धाका कारण लम्बिएको थियो । सर्वोच्च अदालतले हालै सडक बिस्तारको पक्षमा फैसला गरेपछि सडक डिभिजन कार्यालयले सकड बिस्तारको तयारी थालेको छ ।


सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राकेशकुमार यादवका अनुसार वीरगञ्ज,सडक डिभिजन कार्यालयले वीरगञ्जको मुख्य बजार सहित लोकमार्गको दायँबायाँको भाग बिस्तार गर्ने तयारी गरेको छ ।

सडक डिभिजन हेटौंडाका प्रमुख यादवले बागमती प्रदेशको राजधानी हेटौंडा बजार सहित वीरगन्ज र आफ्नो कार्यालय माततहमा रहेको सडकमा अब २५ गज मात्र बिस्तार हुने बताए ।

Birgunj finally gets respite for two hours - The Himalayan Times - Nepal's  No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business,  World, Sports, Entertainment, Travel, Life Style News

सडकको मध्यभाग बाट २५ गज दाया र २५ गज बाया सडक बिस्तार गरिने उनले बताए । सडक बिस्तारको पक्षमा फैसला गर्दा सर्वोच्च अदालतले नै २५ गज भत्काउन मिल्ने फैसला गरेको छ । २५ गज भनेको ७५ फिट बराबर हुने छ ।

 

मिटर भन्दा गज सानो एकाई हो । एक मिटरमा ३ दशमलव २८०८४ फिट हुन्छ भने गजमा ३ फिट मात्रै हुन्छ । मिटर भन्दा गज ० दशमलव २८०८४ फिट कम हुन्छ ।

एक गज बराबर ३६ इन्च हुन्छ । एक गज क्षेत्रफलमा ९ बर्गफिट हुन्छ । २५ गजमा ७५ फिट हुन्छ । यसैका आधारमा सडक चौडा गर्ने तयारी भइरहेको हो ।

Birgunj-Raxual border briefly opens after 129 days - The Himalayan Times -  Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics,  Business, World, Sports, Entertainment, Travel, Life Style News

सर्बोच्चको फैसला पछि अब कानुनी रुपमा कसैले झमेला गर्ने अवस्था नभएका कारण आफूहरु सडक चौडा गर्ने तायरीमा जुटेको यादवको भनाइ छ ।

यादवले मुख्यगरी वीरगञ्ज,हेटौंडा,सिमरा,निजगढ सहितका मानवीय बस्ती भएका क्षेत्रमा सहमतिका आधार तय गर्दै सकेसम्म स्थानीयहरुलाई आफ्नो संरचना भत्काउन लगाउने कार्यालयको सोच रहेको बताए ।

त्यसकोलागि कार्यालयको तर्फबाट पहल गरिने बताए । स्थानीयले आफैले नभत्काए कार्यालयले भत्काउने यादवले बताएका छन । यो प्रयास छ महिना सम्म हुने र त्यतीबेला सम्म संरचना खाली नभए डोजर लगाइने यादवले बताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.