logo

वीरगंजको मुख्य शहरको सडक चौडा गर्ने बाटो खुल्यो, ५ महिना पछि डोजर चलाउने सडक डिभिजनको भनाई

 इसीमाना सम्वाददाता     २०८० जेठ ४ गते ०६: ०० मा प्रकाशित     3451   पटक पढिएको

वीरगञ्ज । सर्वोच्च अदालतले सडक बिस्तारको पक्षमा फैसला गरे पछि त्रिभूवन राजपथको वीरगंज भन्सार खण्ड देखी हेटौडा हुदै अगाडि सम्मको बाटो बिस्तार हुने भएको हो ।

 


वीरगंजको मुख्य शहरबाट निस्केको राजपथ बिस्तारको प्रयास गर्दा पटक पटक अदालतमा परेको मुद्धाका कारण लम्बिएको थियो । सर्वोच्च अदालतले हालै सडक बिस्तारको पक्षमा फैसला गरेपछि सडक डिभिजन कार्यालयले सकड बिस्तारको तयारी थालेको छ ।


सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राकेशकुमार यादवका अनुसार वीरगञ्ज,सडक डिभिजन कार्यालयले वीरगञ्जको मुख्य बजार सहित लोकमार्गको दायँबायाँको भाग बिस्तार गर्ने तयारी गरेको छ ।

सडक डिभिजन हेटौंडाका प्रमुख यादवले बागमती प्रदेशको राजधानी हेटौंडा बजार सहित वीरगन्ज र आफ्नो कार्यालय माततहमा रहेको सडकमा अब २५ गज मात्र बिस्तार हुने बताए ।

Birgunj finally gets respite for two hours - The Himalayan Times - Nepal's  No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business,  World, Sports, Entertainment, Travel, Life Style News

सडकको मध्यभाग बाट २५ गज दाया र २५ गज बाया सडक बिस्तार गरिने उनले बताए । सडक बिस्तारको पक्षमा फैसला गर्दा सर्वोच्च अदालतले नै २५ गज भत्काउन मिल्ने फैसला गरेको छ । २५ गज भनेको ७५ फिट बराबर हुने छ ।

 

मिटर भन्दा गज सानो एकाई हो । एक मिटरमा ३ दशमलव २८०८४ फिट हुन्छ भने गजमा ३ फिट मात्रै हुन्छ । मिटर भन्दा गज ० दशमलव २८०८४ फिट कम हुन्छ ।

एक गज बराबर ३६ इन्च हुन्छ । एक गज क्षेत्रफलमा ९ बर्गफिट हुन्छ । २५ गजमा ७५ फिट हुन्छ । यसैका आधारमा सडक चौडा गर्ने तयारी भइरहेको हो ।

Birgunj-Raxual border briefly opens after 129 days - The Himalayan Times -  Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics,  Business, World, Sports, Entertainment, Travel, Life Style News

सर्बोच्चको फैसला पछि अब कानुनी रुपमा कसैले झमेला गर्ने अवस्था नभएका कारण आफूहरु सडक चौडा गर्ने तायरीमा जुटेको यादवको भनाइ छ ।

यादवले मुख्यगरी वीरगञ्ज,हेटौंडा,सिमरा,निजगढ सहितका मानवीय बस्ती भएका क्षेत्रमा सहमतिका आधार तय गर्दै सकेसम्म स्थानीयहरुलाई आफ्नो संरचना भत्काउन लगाउने कार्यालयको सोच रहेको बताए ।

त्यसकोलागि कार्यालयको तर्फबाट पहल गरिने बताए । स्थानीयले आफैले नभत्काए कार्यालयले भत्काउने यादवले बताएका छन । यो प्रयास छ महिना सम्म हुने र त्यतीबेला सम्म संरचना खाली नभए डोजर लगाइने यादवले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय दुई हजारको नोठ अवदेखी नचल्ने

वीरगंज । भारतको केन्द्रीय बैंकले भारतीय दुई हजारको नोठ नचलाउने घोषणा गरेको छ । भारतको केन्द्रीय बैंक भारतीय रिजर्ब बैंकले शुक्रबार देखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेकोद वायरले उल्लेख गरेको छ ।

भारतीय राज्य कर्नाटकमा कांग्रेसको भब्य जीत , भाजपा इतरमा उत्साहको संचार

बैंगलुरु । भारतको कर्नाटक राज्यको विधानसभा निर्वाचनको २२४ सीटमा भएको मतगणनाको पछिल्लो परिणम आनुसार राज्यमा भारतीय कांग्रेस आईको सरकार बन्ने पक्का भएको छ ।

जम्मुकश्मिरमा आतंकवादी हमला पाँच सैनीकको मृत्यु, एक घाइते

श्रीनगर। बिहीबार ९ अप्रिल २०० जम्मू र कश्मीरको पुन्च जिल्लामा सेनाको ट्रकलाई लक्षित गरी भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ र अर्को एक जना गम्भीर घाइते भएको छ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

शंकास्पद ट्रक प्रहरी नियन्त्रणमा, आवश्यक कारवाहीकोलागि राजस्व अनुसनधान पठाइयो

वीरगंज । बिल विजक भन्दा बढी औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ ।

खेलकुद

वीरगंजमा भाटभटेनीको शुभारम्भ,उपभोक्ताको उपभोग गर्ने बानीमा परिर्वतन आउने , मध्यतराईवासीमा खुशी

वीरगञ्ज । २ अर्व ५० करोडको लागतमा वीरगंज महानगरपालिकाको वडा नं १४ बहुवरीमा निर्माण भएको सुपर मार्केट भाटभटेनीको २४ र्आैं शाखा संचालनमा आभएको छ ।

गृहनगरमा आरिफ र आसिफलाई सम्मान, पिता शेख भन्छन मेरा दुई छोरा देशकै छोरा भए

वीरगन्ज । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले स्वागत गर्दै सम्मानित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.