logo

महानगरको सन्दर्भमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो लेखेर सहयोग गर्नुहोसः महानगर प्रमुख सरावगी

      7/7/2020 गते 00 00 मा प्रकाशित     1080   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले पछिल्लो पटक अनलाईन संचारमाध्यमको प्रभाव बढेको बताउनु भएको छ ।

 

बीरगंजबाट संचालीत अनलाईन संचारमाध्यमका संचलकहरुसंगको छलफलमा महानगर प्रमुखले यस्तो बताउनु भएको हो । उहाँले अनलाई संचार माध्यमले पाठकको बिश्वास हासिल गर्न अझै बिषयबस्तुको  छनौट र प्रस्तुतीमा सन्तुलन कायम गर्न सक्नु पर्ने सुझाव दिनु भयो ।

 

बीरगंज महानगरपालिका अनलाईन संचारमाध्यमसंग साझेदारी गर्न इच्छुक रहेको बताउदै महानगरप्रमुख सरावगीले अनलाईन संचारमाध्यममा क्रियाशिल पत्रकारहरुको क्षमता अभिबृद्धिमा महानगरले सहयोग गर्ने इच्छा जाहेर गर्नु भयो । उहाँले महानगरको सन्दर्भमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो लेखेर सहकार्यकालागि आग्रह गर्नु भयो । उहाँले नराम्रोलाई नराम्रो लेख्दा पनि उद्धेश्य सुधारात्मक परिर्वतन होस भन्ने राख्न संचारकर्मीलाई आग्रह गर्नु भयो ।

 

ध्वंस गरेर, बिगारेर, भत्काएर मात्रै बन्छ भन्ने कुरा होइन गल्ती सुधार गर्न र थप गल्ती नगर्न उत्प्रेरित गर्न संचारमाध्यमले भूमिका खेल्नु पर्ने उहाँले बताउनु भयो । 


प्रमुख सरावगीले सबै संचार माध्यमको आफनो स्थान र  भूमिका छ नै तर अनलाईन संचार माध्यमको प्रभाव भने बढदो रहेकोे बताउनु भयो । म पनि केही अनलाईन हरु हेर्छु  मैले पनि केही अनलाईन सब्सक्राईब गरेको छु उहाँले भन्नु भयो “सबै म पनि हेर्दिन तर मलाई बिश्वास लागेका र सहि सूचना पाउछु भन्ने लागेका चाही हेर्छु । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले संचार माध्यमले आलोचना गरे वापत महानगरले सहयोग गर्नु पर्ने धाराणा ब्यक्त गर्नु भयो । उहाँले संचारमाध्यमलाई अनुदान दिने होइन काम गरेर त्यसको मूल्य पाउने वतावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।

 

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लमिछानेले अनलाईन संचार माध्यम र बीरगंज महानगरका वीचमा कन्टेन्टका आधारमा सहकार्य हुनु पर्नेमा जोड दिनु भयो । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले अनलाईन संचार माध्यमलाई केही रकम उपलब्ध गराउन महानगरलाई समस्या नहुनु पर्ने बताउनु भयो । 


कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीका प्रेस सल्लहाकार गोविन्द देवकोटाले अनलाइन र महानगर वीच सहकार्यका आधार के हुन सक्छन भन्ने बिषयमा छलफल आयोजना गरिएको बताउनु भयो ।

 

उहाँले महानगर आफैमा स्थानीय सरकार भएकोले एउटा लिपिवद्ध कार्यबिधिका आधारमा संचारमाध्यम संग सहकार्य गर्ने महानगरको चाहना रहेको बताउनु भयो । त्यसको मापदण्ड बनाउनकालागि पत्रकार साथीहरुले दिनु भएको सुझाव महत्वपूर्ण हुने उहाँको भनाई थियो ।

 

सल्लाहकार देवकोटाले कार्यविधि बनाएर फेरि पनि छलफलगरिने र त्यसपछि कार्यान्वयमा जाने बताउनु भयो ।  छलफल कार्यक्रममा बीरगंजबाट संचालनमा आएका अनलाईन पत्रकिाका संचालकहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.