logo

महानगरको सन्दर्भमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो लेखेर सहयोग गर्नुहोसः महानगर प्रमुख सरावगी

      7/7/2020 गते 00 00 मा प्रकाशित     1008   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले पछिल्लो पटक अनलाईन संचारमाध्यमको प्रभाव बढेको बताउनु भएको छ ।

 

बीरगंजबाट संचालीत अनलाईन संचारमाध्यमका संचलकहरुसंगको छलफलमा महानगर प्रमुखले यस्तो बताउनु भएको हो । उहाँले अनलाई संचार माध्यमले पाठकको बिश्वास हासिल गर्न अझै बिषयबस्तुको  छनौट र प्रस्तुतीमा सन्तुलन कायम गर्न सक्नु पर्ने सुझाव दिनु भयो ।

 

बीरगंज महानगरपालिका अनलाईन संचारमाध्यमसंग साझेदारी गर्न इच्छुक रहेको बताउदै महानगरप्रमुख सरावगीले अनलाईन संचारमाध्यममा क्रियाशिल पत्रकारहरुको क्षमता अभिबृद्धिमा महानगरले सहयोग गर्ने इच्छा जाहेर गर्नु भयो । उहाँले महानगरको सन्दर्भमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो लेखेर सहकार्यकालागि आग्रह गर्नु भयो । उहाँले नराम्रोलाई नराम्रो लेख्दा पनि उद्धेश्य सुधारात्मक परिर्वतन होस भन्ने राख्न संचारकर्मीलाई आग्रह गर्नु भयो ।

 

ध्वंस गरेर, बिगारेर, भत्काएर मात्रै बन्छ भन्ने कुरा होइन गल्ती सुधार गर्न र थप गल्ती नगर्न उत्प्रेरित गर्न संचारमाध्यमले भूमिका खेल्नु पर्ने उहाँले बताउनु भयो । 


प्रमुख सरावगीले सबै संचार माध्यमको आफनो स्थान र  भूमिका छ नै तर अनलाईन संचार माध्यमको प्रभाव भने बढदो रहेकोे बताउनु भयो । म पनि केही अनलाईन हरु हेर्छु  मैले पनि केही अनलाईन सब्सक्राईब गरेको छु उहाँले भन्नु भयो “सबै म पनि हेर्दिन तर मलाई बिश्वास लागेका र सहि सूचना पाउछु भन्ने लागेका चाही हेर्छु । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले संचार माध्यमले आलोचना गरे वापत महानगरले सहयोग गर्नु पर्ने धाराणा ब्यक्त गर्नु भयो । उहाँले संचारमाध्यमलाई अनुदान दिने होइन काम गरेर त्यसको मूल्य पाउने वतावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।

 

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लमिछानेले अनलाईन संचार माध्यम र बीरगंज महानगरका वीचमा कन्टेन्टका आधारमा सहकार्य हुनु पर्नेमा जोड दिनु भयो । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले अनलाईन संचार माध्यमलाई केही रकम उपलब्ध गराउन महानगरलाई समस्या नहुनु पर्ने बताउनु भयो । 


कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीका प्रेस सल्लहाकार गोविन्द देवकोटाले अनलाइन र महानगर वीच सहकार्यका आधार के हुन सक्छन भन्ने बिषयमा छलफल आयोजना गरिएको बताउनु भयो ।

 

उहाँले महानगर आफैमा स्थानीय सरकार भएकोले एउटा लिपिवद्ध कार्यबिधिका आधारमा संचारमाध्यम संग सहकार्य गर्ने महानगरको चाहना रहेको बताउनु भयो । त्यसको मापदण्ड बनाउनकालागि पत्रकार साथीहरुले दिनु भएको सुझाव महत्वपूर्ण हुने उहाँको भनाई थियो ।

 

सल्लाहकार देवकोटाले कार्यविधि बनाएर फेरि पनि छलफलगरिने र त्यसपछि कार्यान्वयमा जाने बताउनु भयो ।  छलफल कार्यक्रममा बीरगंजबाट संचालनमा आएका अनलाईन पत्रकिाका संचालकहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.