logo

अकालमै मर्नु पर्ने मेरो श्रीमानको अपराध के थियो भनेर सोध्थे तर म त बिवश छुः ममिता पटेल

      7/8/2020 गते 00 00 मा प्रकाशित     1927   पटक पढिएको

जीवनमा सबै भन्दा बढी माया गरिएको मान्छे गुमाउनु पर्दाको पीडा बयान गरि साध्य हुदैन । अग्नीलाई साँची राखेर सात जुनीसम्म संगै हुने बाचा गरेको मान्छे नहुदाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । अहिले यस्तै पीडामा छिन बीरगंज महानगरपालिका वडा नं २५ श्रीसियाकी    ममिता देवी पटेल । 


गएको बैशाख ८ गते राती उनको श्रीमानको हत्या भयो । श्रीमानको अभावमा दुई सन्तानको जिम्मेवारी लिएर जीवन सहज बनाउने कोशीस गरिरहेको बेलामा आजकल उनको निन्द्रा हराएको छ ।

 

अनुहार फूङगं उडेको छ । आँखा अझै पनि लोलाएकै छन  । उनको निन्द्रा उड्नुको कारण भने उनको पतिको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनकै नातेदार ऋषिकेश कुर्मीका आफन्तजनले चलाएको हल्ला हो । 


ममिताका पति रवि पटेलको हत्यामा संलग्न भएको आरोप लागेका ऋषिकेश पटेल पूर्पक्षकोलागि थुनामा भएपनि उनका आफन्तले वकील न्यायधीश सबै मिलाएर ऋषिलाई छुटाउने तयारी गरिरहेको ममितालाई केहीले सुनाएका छन । जसले गर्दा उनी झनै चिन्तामा परेकी छिन ।

 

अदालतप्रति भरोसा त छ तर सबै कुरा किनेर भएपनि मिलाउने कुराले मेरो मन अशान्त र बिचलीत हुदैछ ममिताले भन्नु भयो “ आफनो मान्छे गुमाउनुको पीडा मलाई थाहा छ ,साना नानीहरु बाबा खै भन्छन त्यतीबेला मेरो भक्कानो फूटेर आउछ । 
जहिले देखी यस्तो कुरा मैले सुनेकी छु भोक छैन निन्द्रा छैन ममिताले भन्नु भयो “मैले सक्ने भए वकील न्यायधीश सबैलाई गुहार लगाउथे अकालमै मर्नु पर्ने मेरो श्रीमानको अपराध के थियो भनेर सोध्थे तर म त बिवश छु  ।

 


ममितादेवीले न्यायलय प्रतिको भरोस नटुटेको बताउनु भएको छ । मेरो श्रीमानको जीवन समाप्त गर्नेबाट केही रकम लिएर उसलाई उन्मुक्ति दिने कुरामा मलाई बिश्वास छैन । तर समाजमा जसरी साम दाम लगाएर ल्याउछौ भन्ने धाक  देखाउन थालिएको छ त्यसैले आफूलाई बेचैन बनाएको भने उहाँले बताउनु भयो । 

 


प्रहरी अनुसन्धानकोे क्रममा प्रहरीले जेठ १६ गते ऋषिकेश प्रसाद कुर्मीलाई गिरफ्तार गरेको थियो । प्रहरीलाई प्रारम्भिक बयान दिने क्रममा कुर्मीले  नगर बिस्तारको  बाउन्न बिघा चौकमा नजिक चौरमा  बसेर  रक्साी खायौ र पछि फेरी रबी र म भेटने सल्लाह गरि साढे सात बजे हड्यिौ भनेका छन । प्रहरीले यो बिषयलाई   नजरअन्दाज गरेको देखिन्छ ।

 

कुर्मीले दिएको बयानमा धेरै तथ्यहरु सत्य नभएको देखिन्छ । पोलीग्राफ टेस्टले समेत कुर्मीले झूटो बोलेको तथ्य देखाएको छ । कुर्मीका काकाले समेत रातको ११ बजेर २१ मिनेटमा कुर्मी घर फर्किएको देखेको बयान दिनु भएको छ । बयानका क्रममा प्रहरीले जतिब्यक्तिसंग बयान लिएको छ ति सबैको बयानले कुर्मी तर्फनै संकेत गरेको देखिन्छ ।

 

तथ्य र प्रमाणले देखाएकै आधारमा कुर्मीलाई पर्सा जिल्ला अदालतले पूर्पक्षकालागि थुनामा राख्ने आदेश गरेको मिसिलबाट देखिन्छ ।


मृतक पटेलको श्रीमती ममिता देवीले आफनो जाहेरीमा लेनदेनको बिषयको समेत खुलासा गर्नु भएको छ । रबीका बुवाले आफनो जग्गा जमिन बेचेर ८० लाख रुपैया राखेको र त्यही पैसा मागेर ब्याजमा लगाउ भन्दै कुर्मीले रविलाई दवाव दिने गरेको समेत अहिले ब्यापक चर्चामा छ । घटनाका बिषयमा जानकारी भएकाहरु छन तर ज्यान जोखिममा पर्ने डरले उनीहरु बाहिर नआएको समेत स्थानीयले दावी गरेका छन । प्रहरीले सुरक्षाको बिश्वास दिलाएर अनुसन्धान थप तथ्यपूर्ण बनाउन सक्नु पर्छ ।                                            
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.