logo

अकालमै मर्नु पर्ने मेरो श्रीमानको अपराध के थियो भनेर सोध्थे तर म त बिवश छुः ममिता पटेल

      7/8/2020 गते 00 00 मा प्रकाशित     2073   पटक पढिएको

जीवनमा सबै भन्दा बढी माया गरिएको मान्छे गुमाउनु पर्दाको पीडा बयान गरि साध्य हुदैन । अग्नीलाई साँची राखेर सात जुनीसम्म संगै हुने बाचा गरेको मान्छे नहुदाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । अहिले यस्तै पीडामा छिन बीरगंज महानगरपालिका वडा नं २५ श्रीसियाकी    ममिता देवी पटेल । 


गएको बैशाख ८ गते राती उनको श्रीमानको हत्या भयो । श्रीमानको अभावमा दुई सन्तानको जिम्मेवारी लिएर जीवन सहज बनाउने कोशीस गरिरहेको बेलामा आजकल उनको निन्द्रा हराएको छ ।

 

अनुहार फूङगं उडेको छ । आँखा अझै पनि लोलाएकै छन  । उनको निन्द्रा उड्नुको कारण भने उनको पतिको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनकै नातेदार ऋषिकेश कुर्मीका आफन्तजनले चलाएको हल्ला हो । 


ममिताका पति रवि पटेलको हत्यामा संलग्न भएको आरोप लागेका ऋषिकेश पटेल पूर्पक्षकोलागि थुनामा भएपनि उनका आफन्तले वकील न्यायधीश सबै मिलाएर ऋषिलाई छुटाउने तयारी गरिरहेको ममितालाई केहीले सुनाएका छन । जसले गर्दा उनी झनै चिन्तामा परेकी छिन ।

 

अदालतप्रति भरोसा त छ तर सबै कुरा किनेर भएपनि मिलाउने कुराले मेरो मन अशान्त र बिचलीत हुदैछ ममिताले भन्नु भयो “ आफनो मान्छे गुमाउनुको पीडा मलाई थाहा छ ,साना नानीहरु बाबा खै भन्छन त्यतीबेला मेरो भक्कानो फूटेर आउछ । 
जहिले देखी यस्तो कुरा मैले सुनेकी छु भोक छैन निन्द्रा छैन ममिताले भन्नु भयो “मैले सक्ने भए वकील न्यायधीश सबैलाई गुहार लगाउथे अकालमै मर्नु पर्ने मेरो श्रीमानको अपराध के थियो भनेर सोध्थे तर म त बिवश छु  ।

 


ममितादेवीले न्यायलय प्रतिको भरोस नटुटेको बताउनु भएको छ । मेरो श्रीमानको जीवन समाप्त गर्नेबाट केही रकम लिएर उसलाई उन्मुक्ति दिने कुरामा मलाई बिश्वास छैन । तर समाजमा जसरी साम दाम लगाएर ल्याउछौ भन्ने धाक  देखाउन थालिएको छ त्यसैले आफूलाई बेचैन बनाएको भने उहाँले बताउनु भयो । 

 


प्रहरी अनुसन्धानकोे क्रममा प्रहरीले जेठ १६ गते ऋषिकेश प्रसाद कुर्मीलाई गिरफ्तार गरेको थियो । प्रहरीलाई प्रारम्भिक बयान दिने क्रममा कुर्मीले  नगर बिस्तारको  बाउन्न बिघा चौकमा नजिक चौरमा  बसेर  रक्साी खायौ र पछि फेरी रबी र म भेटने सल्लाह गरि साढे सात बजे हड्यिौ भनेका छन । प्रहरीले यो बिषयलाई   नजरअन्दाज गरेको देखिन्छ ।

 

कुर्मीले दिएको बयानमा धेरै तथ्यहरु सत्य नभएको देखिन्छ । पोलीग्राफ टेस्टले समेत कुर्मीले झूटो बोलेको तथ्य देखाएको छ । कुर्मीका काकाले समेत रातको ११ बजेर २१ मिनेटमा कुर्मी घर फर्किएको देखेको बयान दिनु भएको छ । बयानका क्रममा प्रहरीले जतिब्यक्तिसंग बयान लिएको छ ति सबैको बयानले कुर्मी तर्फनै संकेत गरेको देखिन्छ ।

 

तथ्य र प्रमाणले देखाएकै आधारमा कुर्मीलाई पर्सा जिल्ला अदालतले पूर्पक्षकालागि थुनामा राख्ने आदेश गरेको मिसिलबाट देखिन्छ ।


मृतक पटेलको श्रीमती ममिता देवीले आफनो जाहेरीमा लेनदेनको बिषयको समेत खुलासा गर्नु भएको छ । रबीका बुवाले आफनो जग्गा जमिन बेचेर ८० लाख रुपैया राखेको र त्यही पैसा मागेर ब्याजमा लगाउ भन्दै कुर्मीले रविलाई दवाव दिने गरेको समेत अहिले ब्यापक चर्चामा छ । घटनाका बिषयमा जानकारी भएकाहरु छन तर ज्यान जोखिममा पर्ने डरले उनीहरु बाहिर नआएको समेत स्थानीयले दावी गरेका छन । प्रहरीले सुरक्षाको बिश्वास दिलाएर अनुसन्धान थप तथ्यपूर्ण बनाउन सक्नु पर्छ ।                                            
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.