logo

पप्पु फेरी कालोसूचीमा,छोरासंगै पहल गरेर एकटांगाको तिलावे पूल निर्माण गराईदिन स्थानीयको सुझाव

      7/10/2020 गते 00 00 मा प्रकाशित     1217   पटक पढिएको

 पप्पु कन्स्ट्रक्सन फेरि कालोसूचीमा परेको छ । विकास निर्माणका विभिन्न आयोजनाको ठेक्का लिएर समयमै काम नगर्ने निर्माण व्यवसायीको छवि बनाएको हरिनारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सन फेरि कालोसूचीमा परेको हो । तर अहिले यो कन्स्ट्रक्सन छोरा सुमित रौनियारले सम्हालेका छन् ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुसँग संयुक्त उपक्रममा रहेको बाम्ती जेभी समेत कालोसूचीमा परेको छ ।

 

अनुगमन कार्यालयका अनुसार हुलाकी राजमार्गको विभिन्न ठेक्का लिएको पप्पु बाम्ती जेभी अनामनगरलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ ।

 

पटक–पटक तोकिएको निर्माण कार्य पूरा गर्न सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयले निर्देशन दिए पनि अटेर गरेका कारण उनीहरुलाई कालोसूचीमा राखिएको हो । 

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको तथा आयोजनाको काममा गम्भीर लापरबाही गरेको आरोप पप्पुलाई छ । साथै सरकारी स्रोतको दुरुपयोग गरेको पाइएपछि २ वटा आयोजनाले एकैपटक बाम्तीका विश्वास झा सहित सुमीत रौनियारलाई कालोसूचीमा राखिएको हो ।

यस्तै सो कार्यालयले विजी कन्सट्रक्सन चांगुनारायण भक्तपुरका गौतम दुलाल र श्रीहरि सेतीदेवी जेभी मनहरि मकवानपुरका हरिहर चौलागाईलाई समेत एकवर्षका लागि कालोसूचीमा राखेको छ ।

विशेष गरी सडक विभागले निर्माण गरिरहेको हुलाकी राजमार्गको काम झण्डै २ दशकदेखि अलपत्र  छ । नेपाल भारत सीमा नजिक सहज यातायात आवगमनका लागि निर्माण भइरहेको हुलाकी राजमार्गमा सरकारकै भाषामा भन्ने हो भने चरम लापरबाही हुँदै आएको छ ।

 

सो आयोजनाको योजना कार्यालय कपिलवस्तुले २ खण्डको काममा लापरबाही भएको ठहरसहित सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखी कालोसूचीमा राख्न आग्रह गरेको थियो ।  तराईको लाइफ लाईन हुलाकी सडक बनाएन भनेर काठमाण्डौलाई धारेहात लाउनेहरु ठेक्का लिएर सडक निर्माण नगरि अलपत्र छोडने पप्पुहरुका बारेमा भने केही बोल्दैनन । 


यस अघि सांसद रौनीयारको कम्पनी ५ फागुण २०७६ मा उपत्यका सडक बिस्तार आयोजनाको काम समयमै र गुणस्तरीय नगरेका कारण ३ वर्षकालागि कालोसूचीमा परेको थियो । काठमाण्डौको तीन कुनेको पूल निर्माणमा गरेको लापरवाहीका कारण  पनि कालो सूचीमा परेको थियो ।

 

०७५ कार्तिकमा सिक्टा सिचाईको डुडुवा नहर निर्माणमा ढिलाई गरेका कारण पनि पप्पु कालोसूचीमा परेको थियो । हुलाकी सडक निर्माणमा गरेको लापरवाहीका कारण ०७६ माघमा पनि पप्पु र रमण दुबै कालो सूचीमा परेका थिए । 


पप्पुका तत्कालीन प्रवन्ध निर्देशक हरिनारायण रौनीयारको पहलमा सकड बन्यो,अस्पताल बन्यो जस्ता समाचार आइरहेका हुन्छन । रौनीयरको यो पहलकदमी अव  छोराको कम्पनी तर्फ केन्द्रीत हुनु पर्ने बिशलेषकहरुले टिप्पणी गरेका छन । 


रौनीयारले आफनै छोराले  लिएको ठेक्का का काम बेलैमा गर्न पहल गरिदिए पर्साबासीको आर्शिवाद लाग्ने उनीहरुको टिप्पणी छ । 
पप्पु कन्स्ट्रक्सन प्रालिले गृहजिल्ला पर्सामा ठेक्का लिएको पुल निर्माण नौ वर्षदेखि अलपत्र छ। रौनीयार आफै कम्पनीको प्रवन्धक हुदा लिएको ठेक्का हो पर्साको पर्सागढी नगरपालिका–९ एकटाङगास्थित तिलावे नदीको पुल   ।

 

 सडक विभागले ०६८ साल साउन २७ गते पप्पु कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार पुल ०७० साल साउन २८ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। अहिले सम्म बनेको छैन । निलम्वित सांसद रौनीयारलाई  कम्पनीका प्रवन्धक छोरा सुमीत रौनीयारसंग पहल गरेर पूल निर्माण गराईदिन स्थानीयले सुझाव समेत दिएका छन ।  


०७४ असोज १९ मा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियार र  छोरा सुमित विरुद्ध जनही १९ करोड ३२ लाख २५ हजार ६९५ रुपैयाँ बिगोदाबीसहित मुद्दा दायर गरेको थियो । पप्पु कन्स्ट्रक्सनका मालिकका रूपमा रौनियारविरुद्ध मुद्दा दायर भएको थियो । बबई नदीमा निर्माण भएको पुलमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

 

निर्माण भएको केही महिनामा नै पुल भत्किएको थियो । त्यही मुद्धाका कारण रौनीयार सासंसद पदबाट निलम्वित हुनु भएको हो ।  पप्पु कन्स्ट्रक्सन हाल छोरा सुमितको नाममा छ । पप्पुले नै रौतहटको गौरमा पुल निर्माणमा ढिलाइ गर्दा डुंगामार्फत खोला तर्न बाध्य स्थानीय  दुर्घटनामा परेका थिए । ९ भदौ ०७५ मा भएको डुंगा दुर्घटनामा पाँचजनाको मृत्यु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

जगदम्बा स्टिल्सको भट्टीमा एक्कासी बिष्फोट,एक घाइते, अपुष्ट समाचार प्रक्षेपण नगरिदिन उधोगको अपिल

सीमरा । जगदम्बा स्टिल्स उधोगमा बुधवार राती बिष्फोट भएको छ । भट्टीमा भएको बिस्फोटमा परि भारत, बिहार राज्य, समस्तिपुर घर भई यसै कारखानामा कार्यरत वर्ष ३५ को अजय बैठा घाईते भएका छन ।

प्रविधिको बिकाससंगै पत्रकारहरुको सीप पनि बिकास हुनु आवश्यक छः संयोजक लामिछाने

वीरगंज । वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा श्री राधेमाई सामुदायिक विकास संस्थाको आयोजनामा पत्रकार महिलाकोलागि तीन दिने क्षमता अभिवृद्धि तालिम बुधबारदेखि वीरगंजमा सुरु भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.