logo

गुणस्तर तथा नापतौल कार्यालय बीरगञ्जमा कार्यरत यादव बिरुद्ध मुद्धा दायर,परिवारको नाममा रहेको सम्पती समेत जफ्तको माँग

 इसीमाना सम्वाददाता     २०८० जेठ १६ गते ०३: १० मा प्रकाशित     479   पटक पढिएको

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जमा कार्यरत बरिष्ठ निरीक्षक शशी भुषणकुमार यादवका बिरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

 

यादवले नोकरी अवधिभर बिभिन्न कार्यालयमा कार्यरत रहँदा आफ्नो परिवारको नाममा जग्गा जमिन खरिद गरी गैररकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमा अनुसन्धान गरी आयोगले मंगलबार मुद्दा दर्ता गरेको जनाएको छ ।

यादवले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ जेठ ८ देखि २०७९ साल असार मसान्तसम्मको अवधिमा ७ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपैयाँ १२ पैसा खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ ।

 

सोही जाँच अवधिमा उनको बैध आम्दानी जम्मा २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ ८६ पैसा आय आर्जन गरेको देखिन्छ ।

 

अख्तियारका अनुसार उनको बैध आय २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ ८६ पैसाको अनुपातमा सोही अवधिमा उनले ७ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपैयाँ १२ पैसा खर्च तथा लगानी गरेको देखियो । यादवको कुल बैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा उनको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआई रु। ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैया २६ पैसा बराबर सम्पत्ति ऋणात्मक देखिई बैधानिक स्रोत पुष्टि हुन नसकेको आयोगले जनाएको छ ।

 

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले यादव बिरुद्ध ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ २६ पैसा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

साथै शशीभुषण यादवकी श्रीमती रिता रानी, छोराद्वय विकास यादव र अविनास यादवको नाममा खरिद गरिएका जग्गा, घर निर्माण र बैंक मौज्दातको स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढे–बढाएको सम्पत्तिसमेत जफत गर्न माग गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.