logo

पुल नबनाउने ठेकेदार र सडक डिभिजनका प्रमुखले निर्माण स्थलमै भेटे रामधुलाई

 इसीमाना सम्वाददाता     २०८० जेठ १७ गते ०८: ५० मा प्रकाशित     488   पटक पढिएको

रौतहट । सात बर्ष बितिसक्दा पनि पुल नबनेपछि आक्रोशित स्थानीयले ठेकेदार र सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुखलाई कुटपिट गरेका छन ।

 

स्थानीयले ठेकेदार दयाराम साह र डिई दरोगा प्रसाद साह माथि हातपात गरेका हुन । समयमा पुल नबनाएको भन्दै ४ दिन देखि स्थानीयबासी निर्माणाधीन चादी खोलाको पुलमुनी रिले अनशनमा बसेका थिए ।

 

बुधबार अनसनस्थलमा पुगेका साहद्वयलाई स्थानीयले पुल किन नबनाएको भन्दै कुटेका हुन ।तीन बर्षम सक्नुपर्ने काम सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीका कारण सात बर्षमा पनि अधुरो रहेको भन्दै स्थानीयले निर्माणाधिन पुलको मुनी चार दिन देखी रिले अनशनमा छन ।

 

नेता र प्रहरीको साथ लागेर सडक डिभिजनका प्रमुख र ठेकेदार रिलेअशन बसेको स्थलमा पुगेपछि आक्रोसित स्थानीयले हातपात गरेको चन्द्रपुर नगरपालिका वडानं ३ का वडाअध्यक्ष बोधनाथ देवकोटाले बताए ।

 

सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरका प्रमुख डिई दरोगा प्रसाद साह ,ठेकेदार दयाराम साह ,संघिय संसद देव प्रसाद तिमल्सिना ,नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मी सहितको टोली अनशन स्थलमा पुगेका थिए ।

 

थपिएको म्याद अनुसार २०७७ पुस १४ मा निर्माण कार्य सक्नुपर्नेमा ठेकेदारले कोरोना महामारी, लकडाउन,बन्द हड्ताल देखाउदै अलपत्र राखेको थियो ।
कोरोनाको कारण देखाउँदै दोश्रो पटक २०७७ माघ ११ को निर्णय अनुसार २०७८ असार १३ गतेसम्म काम सम्पन्न गर्ने गरी ६ महिना म्याद थप गरिएको थियो ।
अलपत्र पुलको पूनः तेश्रो पटकका लागि २०७९ असार सम्मको म्याद थपे पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.