logo

कोरोना भाइरसको संक्रमणका कारण रौतहटका युवाको बीरगंजमा उपचारको क्रममा मृत्यु

      7/15/2020 गते 00 00 मा प्रकाशित     1525   पटक पढिएको

कोरोना भाइरसको संक्रमणबाट रौतहट जिल्लाको पर्रोहा नगरपालिका वडा नं ७का ३६ वर्षिय युवाको ज्यान गएको छ । बीरगंजको नारायणी अस्पतालको कोभिड बिशेष अस्पताल गण्डकमा  भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको आज  दिउँसो साढे २ बजे मृत्यु भएको हो ।


ति युवाको मृत्युको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पुष्टि गर्नु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।


ती युवकका दाजुको कोरोना सं‌क्रमणका कारण भारतमा मृत्यु भएको थियो । युवकसहित परिवारका अन्य सदस्य हालै भारतमा दाजुको अन्त्येष्टिमा सहभागी भएर फर्किएका थिए ।

 

नेपाल आएर क्वारेन्टिनमा बसेकै बेला युवकमा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि असार २९ गते नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

 

उनको स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडास्थित प्रयोगशालामा पठाइएको थियो । उनमा बुधबार नै कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.