logo

वीरगंजमा पहिलो पटक रथ यात्रा, हजारौ श्रद्धालु भक्तजनको उल्लासमय सहभागिता

 इसीमाना सम्वाददाता     २०८० असार ५ गते ०८: ०७ मा प्रकाशित     621   पटक पढिएको

वीरगन्ज । बीरगंजमा रहेको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दीरको नयाँ संरचनाको मन्दीर निर्माण भएको ११ वर्षको अवसरमा आयोजना गरिएको वीरगंजको पहिलो रथयात्रा भब्यताका साथ सम्पन्न भएको छ ।


माइस्थान मन्दीर परिसरबाट बिहान पौने ८ बजे निकालिएको रथयात्रामा हजारौ श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो ।


रथयात्रामा मधेसमा प्रचलित लोक बाजा तासा र पहाडको लोकप्रिय बाजा, पञ्चेबाजा सहित विभिन्न भेषभूषा सहितको झाँकी प्रदर्शन गरिएको थियो । वीरगन्ज सहित पर्सा, बारा, रौतहट, र छिमेकी मुलुक भारतबाट पनि भक्तजनहरु यात्रामा सहभागि हुन आएका थिए ।


रथ यात्रामा दुर्गा माताको रुपमा बालिकालाई सिंङ्गारेर राखिएको थियो । रथ यात्राको सुरुक्षा व्यवस्थाका लागी ठुल्लो संख्यामा नेपाल प्रहरी परिचालन भएका थिए ।

 

शसस्त्र प्रहरी र ट्राफिक प्रहरी ले ट्रफिक ब्यवस्थापन मिलाएका थिए। मानव सेवा गर्ने दातृ संस्था वा व्यक्तिहरुले रथ यात्रामा सहभागीहरुmलाई ठाउँठाउँमा पिउने पानी र सर्वत वितरण गरेका थिए ।

रथ यात्रामा मधेशप्रदेशका वन तथा वतावरणमन्त्री रमेस प्रसाद कुर्मी, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साको अन्य पालिकाका जनप्रतिनिधि लगायतकाको सहभागिता रहेको छ ।

 

गहवामाई मन्दिर समितिले अब हरेक बर्ष स्थापना दिवसको अवसर पारेर रथ यात्रा निकाल्ने निर्णय गरेको अध्यक्ष श्याम पोखरेलले जानकारी दिए ।

गहवामाईको रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको रथयात्रा समितिले जनाएको छ । रथयात्रा रेलवे रोड हुँदै रामटोल, रेशमकोठी, विर्तामन्दिरबाट मेनरोड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुन गहमावमाई मन्दिरमा पुगेर समापन गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.