१४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ०७७ साउन १ गते प्रहरीले जिराभवानी गाउँपालिका वडा नं २ शान्तिटोलका १७ वर्षिय वालकलाई गिरफ्तार गरेको छ ।
बालिकाका अनुसार ०७७ असार ३१ गते राती साढे १० बजेको समयमा कपडाले मुख छोपी नशालु पर्दाथले लठ्याएर एकान्तमा लगेर बलात्कार गरेका हुन । बलात्कारको आरोप लागेका वालिक परिचीत छिमेकी नै हुन ।
बालिकाका पिताले जिल्ला प्रहरी कार्यालय पर्सामा साउन १ गते जाहेरी दिनु भएको थियो । बालिकाको स्वास्थ्य परिक्षण १ गते नै बीरगंजको नारायणी अस्पतालमा भएको पर्साका डिएसपी मनजीत कुँवरले जानकारी दिनु भयो । प्रहरीले उजुरी दर्ता गरेर प्रतिवाद बिरुद्ध अनुसन्धान शुरु गरेको छ ।
७ वर्षिया बालिकालाई यौन दूब्र्यवहार गरेको आरोपमा प्रहरीले बहुदरमाई नगरापालिका वडा नं का ७५ वर्षिय बृद्धलाई गिरफ्तार गरेको छ ।
शुक्रवार बिहान मात्रै जगरनाथपुर गाउँपालिकामा १५ वर्षीया नाबालिकाको बलात्कार भएको छ । जगरनाथपुरमा १५ वर्षीया बालिकालाई बलात्कार गर्नेका बिरुद्ध पीडित बालिकाले प्रहरीमा बयान दिएकी छन् ।
बिहानको समयमा आरोपीले बालिकालाई मोटरसाइकलमा राखेर सुपौली गाउँको नजिक रहेको बगैचामा लगेर बलात्कार गरेका थिए । बालिकाको बीरगंजको नारायणी अस्पतालमा स्वासथ्य परिषण भएको र घटनाका बिषयमा थप अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी मनजीत कुँवरले बताउनु भयो ।
तपाईको प्रतिक्रिया