logo

महिलालाई ब्ल्याकमेल गरेको आरोपमा कुन्दन सिंह प्रहरी हिरासतमा,छुटाउन राजनीतक चलखेल

      7/20/2020 गते 00 00 मा प्रकाशित     5395   पटक पढिएको

पर्सा प्रहरीले बीरगंज महानगरपालिका वडा नं १४ पिप्रा निवासी  कुन्दन सिंह कुर्मीलाई  फक्राउ गरेको छ । उनलाई  बीरगंजबाट अपरान्ह प्रहरीले पक्राउ गरेको हो । एक जना महिलालाई दूब्यर्वहार तथा ब्ल्याकमेल गरेको आरोपमा कुर्मीलाई प्रहरीले पक्राउ गरेको स्रोतले जनायो । 

 


कुर्मीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान  शुरु गरिएको जनाइएको छ । सिंहबाट पीडित महिलाले प्रहरीलाई यस बिषयमा गुनासो गरेपछि प्रहरीले सिंहलाई पक्रेर हिरासतमा राखेको हो ।

 

पर्साको क्षेत्र नं १ का निर्वाचित साँसद प्रदीप यादवका सहयोगीका रुपमा चिनिएका सिंहलाई छुटाउन सांसद यादवका सर्मथकहरु जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए । सिंहलाई छोडाउनकालागि राजनीतिक दवाव निकै सृजना गरिएको स्रोतको दावी छ । 

 


सिंहले ति महिलालाई  केही दिन देखी ब्ल्याकमेल गर्दै आइरहेका थिए । महिलाले त्यस्तो नगर्न पटक पटक चेतावनी दिदा समेत सिंहले ति महिलालाई दुःख दिन छाडेका थिएनन । अती भएपछि महिलाले प्रहरी गुहार्नु भएको हो ।

 

महिलाको गुनासोको आधारमा प्रहरी नियन्त्रणमा पुगेका सिंहका बारेमा अनुसन्धान पछि मात्र कस्तो मुद्धा चल्ने भन्ने कुराको टुगो लाग्ने स्रोतले जनायो । 


महिलाका आफन्तले सुरक्षाको प्रवन्ध मिलाउन प्रहरीसंग आग्रह गरेका छन । राजनीतिक संरक्षण पाउने सिंहलाई  जोगाउन राजनीतिक क्षेत्रबाट सबै प्रकारका हथकण्डाको प्रयोग हुने भएकोले महिलाको सुरक्षा प्रवन्ध प्रति आफन्तजनले चासो राखेका हुन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.