logo

रौतहटमा आमाछोरी मृत भेटिए, दाइजो नपाएको झोकमा हत्या भएको आशंका

 इसीमाना सम्वाददाता     २०८० असार १६ गते १२: ४५ मा प्रकाशित     435   पटक पढिएको

रौतहट । मौलापुर नगरपालिका वडा नम्बर ४ पतौराकी २४ कविता देवी साह उनकी छोरी २ वर्षकी आरुही कुमारी मृत फेला परेका छन ।

वालिका आरुही कुमारी पंखामा झुन्डयाईएको अवस्थामा र कविता कुमारीको शव घर बाहिर रहेको भर्याङ मुनि फेला परेको प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरले बताए ।


घटना शनिवार बिहान करिव तीन बजे आसपास भएको त्यस बिषमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बुढामगरले बताए।
मृतक महिला एक एनजिओ मा सुपरभाइजर पदमा काम गर्दै आएको बताइएको छ ।


मृतकका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह सहित परिवारका सदस्य घटना पछि फरार भएका छन ।


माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविता साहका बुवा विजय शंकर साहका अनुसार घटना वारे आफुलाई स्थानीय लखिन्द्र साहले फोन गरि जानकारी दिएको बताए ।


छोरी र ज्वाइँ बिच पटक पटक बिवाद हुदा आफुले मिलेर बस्न सम्झाई बुझाई गर्दै आएको बिजय ले बताए ।


ज्वाइँ धिरेन्द्र साह र सम्धी सहितका व्यक्ति मिली हत्या गरेको मृतक कविता साहको बुबाले आरोप लगाएका छन।
दाइजोमा थप नगद , सिक्री ,औंठी नदिएको रिसमा घटना गराएको माइती पक्षको आरोप छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.