logo

सर्वेन्द्रको साहसिक कदम जसले ठुला माछाहरुको भ्रष्ट चरित्र उदाङ्गियो

 इसीमाना सम्वाददाता     २०८० असार १७ गते ०८: ५९ मा प्रकाशित     454   पटक पढिएको

काठमाडौं । ललितानिवास प्रकरण नेपालको सबैभन्दा ठुलो भ्रष्टाचार प्रकरण मध्य एक हो । यसमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, माधवकुमार नेपाल , पुर्व मन्त्री, अख्तियारका पुर्व प्रमुख आयुक्त देखि उच्चपदस्थ कर्मचारीहरु मुछिएका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पालामा बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।


तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले अनुसन्धान सकेर गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनको कार्यान्यवन शुरु भएको छ ।

 

ललिता निवासको ११२ रोपनी जग्गा गैरकानुनीरुपमा व्यक्तिको नाममा दर्ता गर्ने प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी आज पक्राउ परेका छन्।


ब्यूरोले अनुसन्धान सकेर तत्कालीन प्रहरी महानिरीक्षक खनालले गृहमन्त्रालयमा बुझाएको प्रतिबेदनमा १ सय बढीलाई मुद्दा चलाउन राय दिएका थिए ।

सर्वेन्द्र खनाल अवकाश भएपछि ललिता निवास प्रकरणको छानविन प्रतिबेदन थन्क्याएर राखिएको थियो । प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएपछि सार्वजनिक मंचहरुमा खनालले ललितानिवास प्रकरण छानबिन रोकिएको प्रती आक्रोश पोखेका थिए, उक्त प्रकरण छानबिनको लागि जोडदार माग गरेका थिए ।

युवा नेता रवि किरण हमालले प्रहरी हेर्डक्वाटरमा ललितानिवास प्रकरणमा भएको छानबिन प्रतिवेदन माग गरेका थिए जसले पनि प्रहरी माथि दबाब सिर्जना भयो ।

प्रहरी अनुसन्धान व्यूरोले ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले हिम्मत गरेर राजनैतिक दबाब र प्रभावमा नपरे यो प्रकरणमा उच्च राजनैतिक तहदेखि उच्च प्रशासकहरु गरी एक सय भन्दा बढीलाई मुद्धा चल्ने निश्चित छ ।

ललितानिवास प्रकरणमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालको समेत नाम मुछिएको थियो , आफू माथी कार्वाही हुने डरले बाबुराम भट्टराईले सामाजिक संजालमा पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल माथी विभिन्न आरोप लगाएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.