logo

वीरगंज यातायातमा घुस खान नपाउदा कर्मचारी नै मारमुङिग्रमा उत्रिए, यादव र सहनीेले माफी मागे, पटेल हिरासतमै

 इसीमाना सम्वाददाता     २०८० असार १८ गते ०८: ३७ मा प्रकाशित     764   पटक पढिएको

वीरगज । प्रहरीले वीरगंज महानगरपालिका वडा नं १४ का बिशाल पटेललाई पक्राउ गरेको छ । यातायात कार्यालयका पाचौं तहका कर्मचारी रन्जीत साहले पटेल बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी गरेका थिए ।

 

उनले पटेल र अर्का एक जना रुस्तम बिरुद्ध शान्ति सुरक्षाको माँग गर्दै उजुरी गरेका थिए । जिल्ला प्रशासन कार्यालय पर्साले आवश्यक कारवाहीकोलागि प्रहरीलाई पत्राचार गरेपनछ पटेललाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।


सवारी चालक अनुमतीपत्र बितरणकालागि कार्यालयले असार ५ गते लिखित परिक्षा लिएको थियो । असार ६ र ७ गते ट्रायल परिक्षा लिएर रिजल्ट प्रकाशनको तयारीमा कार्यालय थियोे ।


रन्जीत साह सरुवा भइआएपछि सवारी अनुमती पत्र बितरणको काममा अतिरिक्त शुल्क लिने परिपाटी आपसी द्वण्द्वका कारण रोकिएको थियो । त्यसको कारक साह नै थिए । अहिले लाइसेन्स बितरणमा अतिरिक्त शुल्क ( आर्थिक नजराना ) लिने सहमती भयो ।

jkhhggkjg-EgUY2NlKMxEN4yv07Pu5pT5LGDNSIBCLMgAfzC9B.png

यो कामको अगुवाई पनि साहले नै गरेका थिए । इमान्दार साह एकाएक भ्रष्टहुन सकेका थिए । यस पटकको परिक्षाहरुमा पैसा लिएर परिक्षार्थी पास गराउने भन्दै पैसा संकलन भएको थियो । संकलीत रकम जसले लियो उसैले राखेकोले बितरणमा समस्या भयो ।

 

परिक्षा प्रमुखखको जिम्मेवारी लिएकी बविता जयसवालले पैसा पाइनन । बदनामी आफ्नो हुने तर केही नपाउने अवस्था आएपछि उनले फेरी फेयर रिजल्ट गर्ने घोषणा गरिन । कार्यलय सम्वद्ध स्रोतका अनुसार कार्यालयले प्रवेश पत्र तथा पून ट्रायलको शुल्क नगदीमा गर्ने गर्दछ ।

 

त्यसरी संकल भएको नगदी राजस्वको अपचलन भएको र आर्थिक वर्षको अन्त्यमा त्यही खर्च मिलान गर्न खोज्दा करारका कर्मचारी केविन यादव, कमलेश सहनी, रन्जित साहले विवाद गरेका थिए ।

 

उनीहरुले पैलाको कमिशनको पैसा पनि नवाडिएको र अहिले पनि नवाड्ने प्रपञ्च भएको भन्दै बिवाद गरेका थिए । यादव सहनी र साहले ट्रायल प्रमुख जयसवाललाई अभद्र ब्यवहार तथा दुरवचन प्रयोग गरेका थिए।

जयसवालले यादव र सहनी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन । जयसवालको उजुरीको बिषयमा जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दीपक गिरीको कार्यकक्षमा सोमवार भएको छलफलमा यादव र सहनीले आफनो कमजोरी स्वीकार गर्दै माफी मागे पछि यो कुरा मिलेको छ । साहले उजुरी दिएका पटेल भने प्रहरी हिरासतमै रहेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.