logo

वीरगंज यातायातमा घुस खान नपाउदा कर्मचारी नै मारमुङिग्रमा उत्रिए, यादव र सहनीेले माफी मागे, पटेल हिरासतमै

 इसीमाना सम्वाददाता     २०८० असार १८ गते ०८: ३७ मा प्रकाशित     656   पटक पढिएको

वीरगज । प्रहरीले वीरगंज महानगरपालिका वडा नं १४ का बिशाल पटेललाई पक्राउ गरेको छ । यातायात कार्यालयका पाचौं तहका कर्मचारी रन्जीत साहले पटेल बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी गरेका थिए ।

 

उनले पटेल र अर्का एक जना रुस्तम बिरुद्ध शान्ति सुरक्षाको माँग गर्दै उजुरी गरेका थिए । जिल्ला प्रशासन कार्यालय पर्साले आवश्यक कारवाहीकोलागि प्रहरीलाई पत्राचार गरेपनछ पटेललाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।


सवारी चालक अनुमतीपत्र बितरणकालागि कार्यालयले असार ५ गते लिखित परिक्षा लिएको थियो । असार ६ र ७ गते ट्रायल परिक्षा लिएर रिजल्ट प्रकाशनको तयारीमा कार्यालय थियोे ।


रन्जीत साह सरुवा भइआएपछि सवारी अनुमती पत्र बितरणको काममा अतिरिक्त शुल्क लिने परिपाटी आपसी द्वण्द्वका कारण रोकिएको थियो । त्यसको कारक साह नै थिए । अहिले लाइसेन्स बितरणमा अतिरिक्त शुल्क ( आर्थिक नजराना ) लिने सहमती भयो ।

jkhhggkjg-EgUY2NlKMxEN4yv07Pu5pT5LGDNSIBCLMgAfzC9B.png

यो कामको अगुवाई पनि साहले नै गरेका थिए । इमान्दार साह एकाएक भ्रष्टहुन सकेका थिए । यस पटकको परिक्षाहरुमा पैसा लिएर परिक्षार्थी पास गराउने भन्दै पैसा संकलन भएको थियो । संकलीत रकम जसले लियो उसैले राखेकोले बितरणमा समस्या भयो ।

 

परिक्षा प्रमुखखको जिम्मेवारी लिएकी बविता जयसवालले पैसा पाइनन । बदनामी आफ्नो हुने तर केही नपाउने अवस्था आएपछि उनले फेरी फेयर रिजल्ट गर्ने घोषणा गरिन । कार्यलय सम्वद्ध स्रोतका अनुसार कार्यालयले प्रवेश पत्र तथा पून ट्रायलको शुल्क नगदीमा गर्ने गर्दछ ।

 

त्यसरी संकल भएको नगदी राजस्वको अपचलन भएको र आर्थिक वर्षको अन्त्यमा त्यही खर्च मिलान गर्न खोज्दा करारका कर्मचारी केविन यादव, कमलेश सहनी, रन्जित साहले विवाद गरेका थिए ।

 

उनीहरुले पैलाको कमिशनको पैसा पनि नवाडिएको र अहिले पनि नवाड्ने प्रपञ्च भएको भन्दै बिवाद गरेका थिए । यादव सहनी र साहले ट्रायल प्रमुख जयसवाललाई अभद्र ब्यवहार तथा दुरवचन प्रयोग गरेका थिए।

जयसवालले यादव र सहनी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन । जयसवालको उजुरीको बिषयमा जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दीपक गिरीको कार्यकक्षमा सोमवार भएको छलफलमा यादव र सहनीले आफनो कमजोरी स्वीकार गर्दै माफी मागे पछि यो कुरा मिलेको छ । साहले उजुरी दिएका पटेल भने प्रहरी हिरासतमै रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.