logo

बिश्रामपुरमा गाँजाका कारोवारी भागे ,गाँजा जोगाउन निस्केका कलवार पिता पुत्र प्रहरीको खोरमा

      7/22/2020 गते 00 00 मा प्रकाशित     2789   पटक पढिएको

बहुदरमाई नगरपालिकाको वडा नं ७ मा गाँजा कारोवारीलाई पक्राउ गर्न खोज्दा कारोवारीका सहयोगीहरुले प्रहरीलाई कुटपीट गरेका छन ।

 

बिश्रामपुरका लक्ष्मी कलवारलाई प्रहरीले गएराती गाँजा सहित पक्राउ गर्न खोज्दा शम्भु साह कलवार ध्रुब कलवार लगायतले अवरोध सृजना गरेका थिए । शम्भूले प्रहरीले नियन्त्रणमा लिएको गाँजा खोसेर आफनो घरमा लगेर राखेका थिए । शुरुमा प्रहरीको शक्ति भएकोले तस्करको पक्षबाट प्रहरी उपर हातपात गरिएको थियो ।

 


घटना स्थलमा प्रहरीको थप टोली पुगेपछि पनि शम्भू कलवारको नेतृत्वमा रहेको उनीहरुका आफन्तहरुले प्रहरीलाई अप्ठयारोमा पारेका थिए । प्रहरी उनीहरुको अवरोध हटाउन तीन राउण्ड हवाई फायर खोलेको थियो । 

 


प्रहरीले लक्ष्मी कलवारले बोकेको गाँजा बरामद गर्नकालागि शम्भू कलवारको घरमा छापामारी गरेको थियो । प्रहरीले      शम्भुप्रसाद कलवार र निजका छोरालाई सात किलो गाँजासहित पक्राउ गरेको थियो । गाँजका बास्तविक तस्कर भने लक्ष्मी कलवार भएको स्रोतको दावी छ । 

 

    प्रहरीले हवाइ फायर गरेर भीडलाई तितरबितर गरी बाउ–छोरालाई पक्राउ गरी फर्केको थियो।बहुदरमाई गापाको विश्रामपुर गाँजाको लागि प्रख्यात गाउँ हो।  अहिले मकवानपुरको लोथर, मनहरीबाट जङ्गल बाटोबाट भित्रिने गाँजा भण्डारण गरी भारत पठाउने मुख्य केन्द्रमध्ये एक भएको छ।


बाउ छोरा दुबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.