logo

नागरिकता बितरणमा अख्तियारको चासो, कार्यकक्षमा कसैलाई प्रवेश नदिन निर्देशन

 इसीमाना सम्वाददाता     २०८० असार १९ गते ०५: ३७ मा प्रकाशित     413   पटक पढिएको

वीरगञ्ज । पर्सामा नागरिकता बितरणमा अनियमितताको आशंकामा अख्तियारको टोलीले स्थलगत अनुगमन शुरु गरेको छ । अख्तियारको टोलीले प्रशासकीय अधिकृत बिनय श्रीवास्तवलाई सोधपुछ गर्नुका साथै कार्यकक्षमा अन्यकोहीलाई प्रवेश नदिन भनेको स्रोतले जनाएको छ ।

 

जिल्ला प्रशासन कार्यलय पर्सामा नागरिकता बनाउन आउनेहरुसँग आर्थिक चलखेल भईरहेको समाचार प्रकाशनअख्तिायर दुरुपयोग अनुसन्धान आयोगको चासो देखिएको हो ।

 

नयाँ ऐन अनुसार जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता बनाउन जिल्ला प्रशासनमा भिड लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालयले टोकन अनुसार नागरिकता वितरण गर्ने गरि ब्यवस्था मिलाएको छ ।

 

कतिपयले टोकन अनुसार काम नभएको र नागरिकता वितरणमा आर्थिक चलखेल भईरहेको उजुरी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत रुपमा निगरानी गरेको हो।


पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले अख्तियारको टोली नियमित अनुगमनको लागि आएको जानकारी दिए ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विद्येयक प्रमाणिकरण गरेसँगै जिल्ला प्रशासन कार्यलय पर्सामा पनि नागरिकता लिन आउनेहरुको सङख्यामा उल्लेख वृद्धि भई भिडभाड बढेकाले अख्तियारको टोली आएको बताइएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.