logo

निषेधाज्ञा,लकडाउन वा कर्फयुका बिषयमा बृहत् बैठकबाट निर्णय लिइने पर्सा सुरक्षा समितिको निर्णय

      7/23/2020 गते 00 00 मा प्रकाशित     1368   पटक पढिएको

पर्साको समुदाय स्तरमा फैलिएको कोरोनाभाइरसको संक्रमण रोकथामकालागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले शुक्रवार ११ बजेकालागि बृहत बैठक बोलाएको छ ।

 

बैठकमा जनप्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि ब्यवसायी सहितको बैठकले कोरोना भाइरसको संक्रमणको रोकथामको निर्णय लिइने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो ।

 

बैठकमा  निषेधाज्ञा,लकडाउन वा कफ्र्यू  के लगाउने भन्ने बिषयमा बृहत बैठक मार्फत निर्णय लिइने उहाँले जानकारी दिनु भयो । 

समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको आशंका बढेको छ चिकित्सकले समुदाय स्तरमा संक्रमण फैलिएको बताइरहेको छन । सक्रमणलाई थप  फैलिन नदिनकालागि मान्छेको आवागमन रोक्नु पर्ने हुन्छ ।

 

मान्छेको अवागमन र घुमफीरमा रोक लगाउन नसक्दा कोरोना भाइरसको संक्रमण रोकिने अवस्था नरहने अवस्था छ । यस बिषयमा जिल्ला सुरक्षा समितिको बिहिवारको बैठकमा गम्भिर छलफल भएको छ ।

 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले कोरोनाको संक्रमणको बिषय  अव यो सबैको चासो बिषय भएकोले यसमा के गर्ने भन्ने बिषयमा सर्वपक्षीय बृहत बैठक  के उचित हुन्छ सल्लाह अनुसार निर्णय गरिने बताउनु भयो । 

 

सीमा नकाबाट लुकछीपी मान्छेहरु प्रवेश गरेको गुनासो छ बस्नेतले भन्नु भयो“ शंकराचार्य हुदै आउनेलाई क्वारेन्टिनमा राख्ने र त्यो बाहेक अन्य ठाउबाट आउन जान आम मान्छेलाई रेक्ने गरि प्रवन्ध मिलाईने बताउनु भयो  ।

 

उहाँले यो बीचमा बढी भन्दा बढी परिक्षण गरेर  संक्रमीतहरुलाई आइसोलेट गर्ने तयारीमा आफूहरु लागेको बताउनु भयो । द्रुत र बढी परिक्षणकालागि मास टेस्टिङ गर्ने गरि स्रोत साधन र जनशक्ति ब्यवस्थापनमा ध्यान दिइने उहाँले बताउनु भयो । 

 


पछिल्लो समय पर्साका विभिन्न स्थानमा १७ जनामा संक्रमण देखिएसँगै पर्सामा समुदाय स्तरमा संक्रमण फैलिएको विज्ञहरुको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.