logo

कोरोना भाइरसको संक्रमणका कारण बीरगंजमा ८५ वर्षिया महिलाको मृत्यु

      7/24/2020 गते 00 00 मा प्रकाशित     936   पटक पढिएको

बीरगंजमा कोरोना भाइरसको संक्रमणबाट ८५ वर्षिया पतसिया देवीको मृत्यु भएको छ । गएको बुधवार उहाँमा श्वास प्रश्वासमा समस्या देखिएको थियो । बीरगंज महनगरपालिका वडा नं ११ श्रीपुर निवासी उहाँलाई बिहिवार  बीरगंजको गण्डक अस्पतालमा संचालनमा रहेको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँको उपचारको क्रममा शुक्रवार बिहान पौने सात बजे मृत्यु भएको अस्पतालका संयोजक डा.उदय नारायण सिंहले जानकारी दिनु भयो । उहाँमा श्वास प्रश्वास संगै मुटुको समस्या पनि रहेको डा. सिंहले बताउनु भयो ।

 

कोरोना भाइरसको संक्रमणको लक्षण देखिएका अन्य दुईजनालाई अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको डा. सिंहले बताउनु भयो । 

 


गएराती आएको रिपोर्टमा ५ जना भारतीय थुनामा समेत संक्रमण पुष्टि भएको पाइएको छ । कोरोना भाइरसको संक्रमण बीरगंजमा समुदाय स्तरमा देखिएको छ । खुला सीमा संक्रमणको चुनौी थियो नै आज त्यो पुष्टि भएको छ ।

 

बीरगंजको कोभिड अस्पतालमा अहिले ७५ जनाको उपचार भइरहेको छ । ७५ जना बिरामी अटाउने बेड क्षमताको कोभिड अस्पताल भरिएको यो बेलामा अरु कोही संक्रमीत देखिए काहा ब्यवस्थापन हुने भन्ने कुरा अर्को चुनौती पनि थपिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.