logo

होम आइसोलेशनमा बस्न पाइने नयाँ निर्णय, निषेधाज्ञा उल्लंघन नगर्न स्थानीय प्रशासनको अपिल

      7/24/2020 गते 00 00 मा प्रकाशित     1151   पटक पढिएको

पर्सामा स्थानीय प्रशासनले साउन १० गते बिहान ५ बजेदेखी अनिश्चितकालकालागि निषेधाज्ञा घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण  थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम  वीरगंज महानगरपालिका क्षेत्रभरी लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । 

निषेधाज्ञा अवधीमा औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर निस्कन नपाउने आदेश गरिएको छ । 
शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइसीपि, ड्राईपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द गर्ने आदेश गरिएको छ।

 

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालन गर्न पाइने छैन  ।

 छिमेकी मित्रराष्ट्रसँग सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट यात्रुहरुको आवागमन निषेध गरिएकोमा लुकीछिपि मानिसहरुको आवागमन रोक्न सुरक्षाकर्मीहरुको व्यापक गस्ती बढाई एरिया डोमिनेशन गर्ने ।

 

नेपाल सरकारको निर्णय बमोजिम अत्यावश्यक अवस्थामा नेपाल आउनु पर्ने नेपालीहरुको लागि नेपाल प्रवेश गर्न तोकिएको रक्सौल बीरगंज सीमा नाकाबाट आउने नेपालीहरुलाई नेपाल सरकारको निर्णय अनुसार स्वास्थ्य र सुरक्षाका मापदण्डहरुको पालना गर्दै होल्डिङ् सेन्टरहुँदै सम्वन्धित स्थानीय तहमा क्वारेन्टाइनसम्म पुर्याउने ब्यवस्था गरिएको छ ।
निषेधाज्ञाको   अवज्ञा वा अवलेहलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गर्ने निर्णय भएको छ। परिस्थिति नियन्त्रणमा लिन सेना समेत परिचालन गर्न सक्ने गरि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । 

कोरोना संक्रमणमा आएका ब्यक्तिहरुको सम्पर्कमा रहेकाहरुको छिटो पहिचान गर्ने । परिक्षणलाई तिब्रा पार्ने  । संक्रमणको भएका स्थानहरुमा समेत पिसीआर परिक्षणकालागि र्याण्डम रुपमा स्वाब संकलन गर्ने र यसको संयोजनको काम  बीरगंज महनगरले नेपाली सेना, नेपाल प्रहरी, जिल्ला स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा गर्ने ।कोभिड संक्रमण पुष्टि भएका व्यक्ति तथा शंकास्पद व्यक्तिहरु ओसार पसार गर्नको लागि वीरगंज महानगरपालिकाले संभवभएसम्म एम्बुलेन्स वा सो नभए एम्बुलेन्स चालकको व्यवस्था गर्ने ।

 

पिसीआरचेकजाँचको लागि आवश्यक सामाग्री उपलब्ध गराउने र थप उपकरण एवं स्वास्थ्य सामाग्रीको व्यवस्थाको लागि सम्वन्धित तालुक निकायहरुमा अनुरोध गर्ने । 


कोरोना भाइरसको संक्रमण पुष्टि भएको घर ,उधोग सिल गर्ने  र  स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिसको आधारमा ती निकायको प्रत्यक्ष निगरानीमा रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको होम क्वारेन्टिन सम्बन्धी मापदण्ड, २०७७ बमोजिम होम क्वारेन्टिनको रुपमा संचालन गर्ने निर्णय पनि गरेको छ ।


संकट व्यवस्थापन केन्द्र पर्साको यस पटकको बैठकले  लक्षण नदेखिएका कोरोना पोजेटिभ पुष्टि भएका व्यक्तिहरुको संख्या बढदै गएमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति गरेको कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम हुने गरी स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिस र निगरानीमा रहने गरी घरमै आइसोलेसनमा बस्ने सुविधा दिने ण्र्निय गरेको छ । 


ठूलो संख्यामा कोरोना परीक्षण गर्दा संक्रमित तथा क्वारेन्टिनमा राख्नुपर्ने शंकास्पद व्यक्तिहरुको संख्या बढ्न सक्ने संभावनालाई मध्यनजर राख्दै सबै सरोकारवाला निकायहरुले आपसी सहयोग र समन्वयमा क्वारेन्टिन, आइसोलेसन सेन्टर तथा कोभिड अस्पतालहरुको क्षमता विस्तार गर्ने निर्ण भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिनु भयो । 

 


बैठकमा स्थानीय प्रशासनका अधिकारीहरु,नेकपा, नेपाली कांग्रेस र जसपाका जिल्ला प्रमुखहरु नागरिक समाजका सरोकार समुहका अगुवाहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.