logo

होम आइसोलेशनमा बस्न पाइने नयाँ निर्णय, निषेधाज्ञा उल्लंघन नगर्न स्थानीय प्रशासनको अपिल

      7/24/2020 गते 00 00 मा प्रकाशित     1023   पटक पढिएको

पर्सामा स्थानीय प्रशासनले साउन १० गते बिहान ५ बजेदेखी अनिश्चितकालकालागि निषेधाज्ञा घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण  थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम  वीरगंज महानगरपालिका क्षेत्रभरी लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । 

निषेधाज्ञा अवधीमा औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर निस्कन नपाउने आदेश गरिएको छ । 
शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइसीपि, ड्राईपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द गर्ने आदेश गरिएको छ।

 

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालन गर्न पाइने छैन  ।

 छिमेकी मित्रराष्ट्रसँग सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट यात्रुहरुको आवागमन निषेध गरिएकोमा लुकीछिपि मानिसहरुको आवागमन रोक्न सुरक्षाकर्मीहरुको व्यापक गस्ती बढाई एरिया डोमिनेशन गर्ने ।

 

नेपाल सरकारको निर्णय बमोजिम अत्यावश्यक अवस्थामा नेपाल आउनु पर्ने नेपालीहरुको लागि नेपाल प्रवेश गर्न तोकिएको रक्सौल बीरगंज सीमा नाकाबाट आउने नेपालीहरुलाई नेपाल सरकारको निर्णय अनुसार स्वास्थ्य र सुरक्षाका मापदण्डहरुको पालना गर्दै होल्डिङ् सेन्टरहुँदै सम्वन्धित स्थानीय तहमा क्वारेन्टाइनसम्म पुर्याउने ब्यवस्था गरिएको छ ।
निषेधाज्ञाको   अवज्ञा वा अवलेहलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गर्ने निर्णय भएको छ। परिस्थिति नियन्त्रणमा लिन सेना समेत परिचालन गर्न सक्ने गरि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । 

कोरोना संक्रमणमा आएका ब्यक्तिहरुको सम्पर्कमा रहेकाहरुको छिटो पहिचान गर्ने । परिक्षणलाई तिब्रा पार्ने  । संक्रमणको भएका स्थानहरुमा समेत पिसीआर परिक्षणकालागि र्याण्डम रुपमा स्वाब संकलन गर्ने र यसको संयोजनको काम  बीरगंज महनगरले नेपाली सेना, नेपाल प्रहरी, जिल्ला स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा गर्ने ।कोभिड संक्रमण पुष्टि भएका व्यक्ति तथा शंकास्पद व्यक्तिहरु ओसार पसार गर्नको लागि वीरगंज महानगरपालिकाले संभवभएसम्म एम्बुलेन्स वा सो नभए एम्बुलेन्स चालकको व्यवस्था गर्ने ।

 

पिसीआरचेकजाँचको लागि आवश्यक सामाग्री उपलब्ध गराउने र थप उपकरण एवं स्वास्थ्य सामाग्रीको व्यवस्थाको लागि सम्वन्धित तालुक निकायहरुमा अनुरोध गर्ने । 


कोरोना भाइरसको संक्रमण पुष्टि भएको घर ,उधोग सिल गर्ने  र  स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिसको आधारमा ती निकायको प्रत्यक्ष निगरानीमा रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको होम क्वारेन्टिन सम्बन्धी मापदण्ड, २०७७ बमोजिम होम क्वारेन्टिनको रुपमा संचालन गर्ने निर्णय पनि गरेको छ ।


संकट व्यवस्थापन केन्द्र पर्साको यस पटकको बैठकले  लक्षण नदेखिएका कोरोना पोजेटिभ पुष्टि भएका व्यक्तिहरुको संख्या बढदै गएमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति गरेको कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम हुने गरी स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिस र निगरानीमा रहने गरी घरमै आइसोलेसनमा बस्ने सुविधा दिने ण्र्निय गरेको छ । 


ठूलो संख्यामा कोरोना परीक्षण गर्दा संक्रमित तथा क्वारेन्टिनमा राख्नुपर्ने शंकास्पद व्यक्तिहरुको संख्या बढ्न सक्ने संभावनालाई मध्यनजर राख्दै सबै सरोकारवाला निकायहरुले आपसी सहयोग र समन्वयमा क्वारेन्टिन, आइसोलेसन सेन्टर तथा कोभिड अस्पतालहरुको क्षमता विस्तार गर्ने निर्ण भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिनु भयो । 

 


बैठकमा स्थानीय प्रशासनका अधिकारीहरु,नेकपा, नेपाली कांग्रेस र जसपाका जिल्ला प्रमुखहरु नागरिक समाजका सरोकार समुहका अगुवाहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.