logo

मधेशमा आचरण विपरीत काम गरेका २ सयभन्दा बढी प्रहरी दण्डीत

 इसीमाना सम्वाददाता     २०८० असार २८ गते ०८: ४९ मा प्रकाशित     539   पटक पढिएको

जनकपुर । मधेश प्रदेशमा आर्थिक वर्ष ०७९/८० मा १ सय ३ जना प्रहरी जवान कारवाहीमा परेका छन ।

 

त्यसैगरि ६ जना प्रहरी अधिकृत (इन्सपेक्टर )४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक, ९ जना प्रहरी नायब निरीक्षक, १७ जना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी वरिष्ठ हवल्दार, ५५ जना प्रहरी हवल्दार, ५२ जना प्रहरी सहायक हवल्दार र प्रशिक्षार्थी प्रहरी जवान र छ जना प्रहरी कार्यालय सहयोगी पनि कारवाहीमा परेका छन् ।

प्रहरीको आचरण बिपरित काम गरेकोले उनीहरु कारवाहीमा परेका हुन । प्रहरी सेवाको बदनामी हुने गरि आचरण गरेका उनीहरुमध्य १ सय २८ जनालाई नसिहत, ४० जना निलम्बन, २५ जनाको ग्रेड घटुवा, २२ जनाको ग्रेड रोक्का, १४ जनाको पदोन्नति रोक्का, १३ जनालाई सेवाबाट हटाइएको, १० जनालाई सचेत गराइएको, ८ जनालाई सेवा अन्त्य गराइएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताए ।आचरणविपरीत कार्यमा लागेका प्रहरीलाई प्रहरी ऐन नियमावली अनुसार कारबाही भएको हो।


यसैगरि उत्कृष्ट कार्य गरेका प्रहरी अधिकृत तथा अन्य कर्मचारी पुरस्कृत पनि भएका छन । आठ जिल्लाबाट उत्कृष्ट कार्य गरेका ७९१ जना प्रहरीलाई विविध विधाले पुरस्कृत गरिएको छ ।


पुरस्कृत हुनेहरुमा ६ जना प्रहरी वरिष्ठ उपरीक्षक, १३ प्रहरी उपरीक्षक, २७ जना प्रहरी नायब उपरीक्षक, ५९ जना प्रहरी निरीक्षक, ४५र४५ जना प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक छन् ।

यसैगरी, प्रहरी सहायक निरीक्षक १११ जना, प्रहरी वरिष्ठ हवल्दार ५७, प्रहरी हवल्दार ११३, प्रहरी सहायक हवल्दार १६१, प्रहरी जवान १३४, एक प्रशिक्षार्थी प्रहरी जवान र १९ जना प्रहरी कार्यालय सहायकलाई पुरस्कृत गरिएको उनले जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.