logo

कोभिड अस्पताल गण्डकमा ६५ वर्षिय बृद्धको मुत्यु,ब्यवस्थापन कमजोरीका कारण इमरजेन्सी उपयोगबिहिन

      7/26/2020 गते 00 00 मा प्रकाशित     1033   पटक पढिएको

बीरगंज स्थित नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको भेन्टिलेटरमा उपचार भईरहेका बीरगंजको आदर्शनगर निवासी ६५ बर्षिय भारतीय नागरिकको आज विहान मृत्यु भएको छ ।

उहाँमा श्वास प्रश्वास सम्बन्धि समस्या भएपछि हिजो साँझ उपचारको लागी बीरगंजको नारायणी अस्पताल लगिएको थियो ।नारायणीमा स्वाब दिएपछि  उपचारका लागि शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि लगिएको थियो । 

बगरीया मुटु रोगी समेत रहेको र अस्पतालमा कोरोना संक्रमणको आशंकामा तत्काल आरडिटी टेष्ट गराउदा रिपोर्ट पोजेटिभ आएपछि थप उपचारकालागी नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो । बीरगंजको आर्दशनगरमा ब्यवसाय संचालन गर्दै आउनु भएका उहाँलाई इमरजेन्सीमा भेन्टिलेटरको ब्यवस्था गरेर उपचार गरिएको डा.निरज सिंहले बताउनु भयो । 


उपचारको क्रममा उहाँको मृत्यु भएपछि कोभिड अस्पतालको इमरजेन्सी कक्षमै उहाँको शव राखिएको छ । शवका कारण इमरेजेन्सीमा अन्य कुनै रोगीको उपचार हुन नसक्ने अवस्था बनेको छ । अस्पतालमा बेडको अभाव छ शव कारण इमरजेन्सीमा रहेका ७ वटा वेड पनि उपयोगबिहनि भएको डा। सिंहले बताउनु भयो ।


बगरिको आरडिटी टेस्ट पोजिटिभ देखिए पनि पिसीआर टेस्ट नभएकाले गर्दा अस्पतालको आइसोलेशन वार्डमा लान मिलेन त्यही भएर इमरजेन्सीमा उपचारको ब्यवस्था मिलाउनु परेको डा।सिंहले बताउनु भयो । बगरियाको कोरोना भाइरसको संक्रमणको परिक्षणकोलागि स्वाब संकलन भएको छ त्यसको रिपोर्ट आइतवार बेलुका सम्ममा आउने डा। सिंहले बताउनु भयो ।

रिपोर्ट नआउदा सम्म शव इमरजेन्सीमै रहने अवस्था छ । शवलाई इमरजेन्सीबाट निकाल्ने राख्ने बैकल्पीक स्थानको ब्यवस्थापन नभएकै कारण इमरजेन्सी कक्ष उपयोगमा ल्याउन नसकिने भएको छ ।

यसअघि बीरगंजमा भारत माइती भई वीरगञ्ज– २१ बस्ने १७ वर्षीया युवतीको शुक्रबार साँझ मृत्यु भएको थियो भने शुक्रबार बिहान वीरगञ्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगञ्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसैगरी गत मङगलबार आइसोलेसनमै ज्यान गुमाएका माइस्थानका ७० वर्षीय बृद्धमा विहिवार कोरोना संक्रमण पुष्टि भएको थियो ।


अस्थायी कोभिड अस्पतालमा उपचार भईरहेका कोरोना संक्रमित मध्ये ४ जनाको अबस्था जटिल रहेको छ । उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्थायी कोभिड अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.