logo

एमाले बिरुद्धको घेराबन्दी तोडेर जनताको सरकार नवन्दा सम्म अवस्थामा सुधार हुदैनः एमाले नेता पौडेल

 इसीमाना सम्वाददाता     २०८० असार ३० गते १०: ३१ मा प्रकाशित     594   पटक पढिएको

वीरगंज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेलले गरिब किसान मजदुरलाई नेकपा एमालेमा गोलवद्ध हुन अपिल गरेका छन ।

पार्टीको पर्सागढी नगर कमिटीले आयोजना गरेको बैचारिक राजनीतिक प्रशिक्षण भेलाको उद्धघाटन गर्दै नेता पौडेलले गरिब किसान मजदुरको शक्ति मजवुत बनाएर चुनाव मार्फत बहुमतको सरकार निर्माण गरि उनीहरुको सेवामा काम गर्नकालागि संगठीत हुनु पर्ने बताएका हुन ।

 

उनले राजनीति, वर्ग आधारित रहेको स्पष्ट पार्दै नेकपा एमाले गरिब वर्गको पार्टी भएको बताएका हुन । पूर्वमंत्री समेत रहेका पौडेलले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै रहेको भन्ने जनतालाई बुझाउन आम कार्यकर्ता पंक्ति क्रियाशिल हुनु पर्ने बताए ।

 

नेता पौडेलले अवस्था परिर्वतन भएपनि ब्यवस्था परिर्वतन नभएको चर्चा गर्दै एमाले बिरुद्धको घेराबन्दी तोडेर जनताको सरकार नवन्दा सम्म अवस्थामा सुधार नहुने बताए । नेता पौडेलले शनिवार नै बढनियहार बजारमा नेकपा एमालेको पसागढी नगर कमिटीको कार्यालय उद्धघाटन गरेका छन ।


प्रशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका के।सी।लामिछानेले दक्षीणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताको बिरुद्ध बैचारिक संघर्षको बिषयमा प्रशिक्षण दिएका थिए ।

No description available.

पार्टी भित्र दक्षीणपन्थ हावीहुदा त्यसले पार्टीले तय गरेको महान लक्ष्यलाई महत्व नदिने, संगठनात्मक सिद्धान्तको प्रतिकुल काम गर्ने परिर्वतनको पक्षमा खडा नहुने यथास्थितिको पक्षपोषण गर्ने प्रवृति देखा पर्ने बताए ।

उनले संगठन संचालनको बिधिलाई नमान्ने आफूलाई केन्द्रमा राखेर कमिटीगतप्रणालीलाई चुनौती दिने , निर्वाचको बेलामा अन्र्तघात गर्ने कमिटीको निर्णय नमान्ने आफूले पाए ठिक अरुले पाए बेठीक ठान्ने अराजकतापूर्ण प्रवृति पनि पार्टीमा रहेको चर्चा गर्दै त्यसका बिरुद्ध पनि निर्मम संघर्ष गर्नु पर्ने बताए ।

अवसरवाद झन बढी झागिंएको चर्चा गर्दै लामिछानेले अवसरवादको लिला अपर्म्मपार हुने चर्चा गर्दै अवसरवादलाई सिद्धान्तको लेपन समेत लगाउने प्रवृतिका कारण त्यसलाई चिन्न समस्या हुने भएकोेले हरेक पार्टी सदस्य सचेत रहनु पर्ने बताए । उनले बैचारिक संघर्षका माध्यमले यस्ता गलत प्रवृतिको अन्त्य गरेर मात्र पार्टीले लिएको उद्धेश्य प्राप्त गर्न सकिने बताए ।


बुद्धिजीवी आर। शिवाकोटीले पार्टीको दसौंमहाधिवेशनले तय गरेको कार्यदिशाको बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै के।शर्माले पार्टी निर्माण सम्बन्धी माक्र्सवादी दृष्टिकोण र पार्टी सदस्यका अधिकार र कर्तब्य तथा कार्यशैलीका बारेमा प्रशिक्षण दिएका थिए ।

त्यसैगरि पर्सागढी नगरपालिकाका प्रमुख एवं नेकपा एमालेका मधेश प्रदेश कमिटीका सदस्य गोकर्ण पाठकले समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय आकांक्षा र समाजवादका आधार निर्माण सम्बन्धी पार्टीको अवधारणाको बिषयमा प्रशिक्षण दिएका थिए ।

 

पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार सिंहले कार्यक्रमको आयोजना त्यसको उद्धेश्यका बारेमा प्रकाश पारेका थिए । उनले बिचारले प्रशिक्षत कार्यकर्ता पंक्तिलेमात्र पार्टीलाई बलियो बनाउने भएकोले पार्टीले बैचारिक कामलाई प्रथामिकतामा रहेको बताए ।


पार्टीका नगर कमिटीका अध्यक्ष दुर्गा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रामजन्म चौधरीले गरेका थिए । प्रशिक्षण कार्यक्रममा पर्सागढी गनरपालिकामा रहेका नेकपा एमालेका जिल्ला कमिटीका सदस्य पालिका कमिटीका पदाधिकारी सदस्यहरु र वडा कमिटीका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.