logo

स्थानीय प्रशासन आक्रमक हुदै,औधोगिक करिडरका उधोगहरु शिल गर्ने तयारी

      7/28/2020 गते 00 00 मा प्रकाशित     1103   पटक पढिएको

स्थानीय प्रशासनले भारतीय मजदुर ल्याएर संचालनमा ल्याएका उधोगहरु शिल गर्ने तयारी गरेको छ । पछिल्लो पटक भारतीय बीरगंजमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएपछि त्यसको स्रोत भारतीय नागरिक भएको देखिएपछि उधोगहरु शिल गर्ने तयारीमा स्थानीय प्रशासन लागेको हो ।

 

मारुती फर्मास्यूटिकल्समा कार्यरत मजदुर तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपनि त्यो उधोग बारा जिल्लामा पर्ने भएकोले पर्साको प्रशासनले त्यो उधोगलाई शिल गर्न नसक्ने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । 


पर्साको बीरगंजमा महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेजलाई भने शिल गर्ने  तयारी भइरहेको उहाँले जानकारी दिनु भयो । जगदम्बा इन्टरप्राइजेजका कार्यकारी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँ अहिले बीरगंजको कोरोना अस्थायी अस्पताल गण्डक अस्पतालमा उपचार गराई रहनु भएको छ ।

 

त्यसपछि पनि पछिल्लो पिसीआर परिक्षणमा सो उधोगमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो पुष्टिपछि स्थानीय प्रशासनले उधोग शिल गर्ने तयारी गरेको हो । 

 


यस अघि स्थान्ीय प्रशासनले औधोगिक करीडरमा रहेका उधोगहरुको अनुगमन समेत गरेको छ । सहायक प्रमुख जिलला अधिकारी बस्नेतको नेतृत्वमा खटिएको टोलीले सबै उधोगको अनुगन गरेको छ । अनुगमन संगै सबै कर्मचारी मजदुरको बिवरण समेत माँग गरेको थियो ।

 

भारतीय मजदुरलाई काममा लगाएको प्रमाण पाइएमा त्यस्ता उधोगलाई संचालन हुन नदिने स्थानीय प्रशासनको तयारी रहेको छ । 


उधोगहरुले मजदुरलाई काममा लगाउनु पूर्व १४ दिन क्वारेन्टिनमा राख्नु पर्ने र पिसीआर परिक्षण गर्नुमा त्यसो नगरि चोरबाटो बाट भारतीय मजदुर भित्र्याएर काममा लगाएका छन । प्रोटोकल बिपरित भारतीय मजदुर काममा रहेको उधोगहरु संचालनमा रोक लगाउने नीति स्थानीय प्रशासनले लिएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.