logo

जीतपुरमा रहेको जगदम्बा इन्टरप्राइजेजलाई स्थानीय प्रशासनले शिल गर्यो

      7/28/2020 गते 00 00 मा प्रकाशित     1088   पटक पढिएको

स्थानीय प्रशासनले भारतीय मजदुर ल्याएर संचालनमा ल्याएका उधोग सचालन गरेको भन्दै जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ ।

 

पछिल्लो पटक  बीरगंजमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएपछि त्यसको स्रोत भारतीय नागरिक भएको देखिएपछि उधोगहरु शिल गर्ने तयारीमा स्थानीय प्रशासन लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनु भयो ।

मारुती फर्मास्यूटिकल्समा कार्यरत मजदुर तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपनि त्यो उधोग बारा जिल्लामा पर्ने भएकोले पर्साको प्रशासनले त्यो उधोगलाई शिल गर्न नसक्ने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । 


पर्साको बीरगंजमा महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेजलाई भने शिल गरिएको उहााले बताउनु भयो ।  । जगदम्बा इन्टरप्राइजेजका कार्यकारी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँ अहिले बीरगंजको कोरोना अस्थायी अस्पताल गण्डक अस्पतालमा उपचार गराई रहनु भएको छ ।कन्टयाक्ट ट्रेसिङमा आएका जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उधोग शिल भएको हो ।

 
जीतपुरमा रहेको जगदम्बा इन्टरप्राइजेजका ४ जनामा कोरोनाको संक्रमण देखिए पछि पर्सा प्रशासनले सिल गरेको छ । केहि दिनको लागी सबै उधोगहरुको अनुगमन गरी मापदण्ड विना सञ्चालन भएका उद्योगलाई शिल गर्न समेत नेकपाका युवा नेता मनोज पौडेलले माँग गर्नु भएको छ। ।

 संक्रमित पुष्टि भएका तर लक्षण नदेखिएकालाई उद्योगकै खर्चमा उद्योग भित्रै वा अन्य उपयुक्त स्थानमा आइसोलेसन सेन्टर स्थापना गरी राख्न, संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका तथा असार १५ गते पछि भारतबाट आएका सबै कामदार, कर्मचारीको पीसीआर चेकजाँच गराउन, पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका तथा अन्य शंकास्पद सबैलाई उद्योगकै खर्चमा उद्योग भित्रै वा उद्योग बाहिर उपयुक्त स्थानमा क्वारेन्टिनको व्यवस्था गर्न समेत स्थानीय प्रशासनले उधोगहरुलाई निर्देशन दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.