logo

जीतपुरमा रहेको जगदम्बा इन्टरप्राइजेजलाई स्थानीय प्रशासनले शिल गर्यो

      7/28/2020 गते 00 00 मा प्रकाशित     1240   पटक पढिएको

स्थानीय प्रशासनले भारतीय मजदुर ल्याएर संचालनमा ल्याएका उधोग सचालन गरेको भन्दै जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ ।

 

पछिल्लो पटक  बीरगंजमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएपछि त्यसको स्रोत भारतीय नागरिक भएको देखिएपछि उधोगहरु शिल गर्ने तयारीमा स्थानीय प्रशासन लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनु भयो ।

मारुती फर्मास्यूटिकल्समा कार्यरत मजदुर तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपनि त्यो उधोग बारा जिल्लामा पर्ने भएकोले पर्साको प्रशासनले त्यो उधोगलाई शिल गर्न नसक्ने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । 


पर्साको बीरगंजमा महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेजलाई भने शिल गरिएको उहााले बताउनु भयो ।  । जगदम्बा इन्टरप्राइजेजका कार्यकारी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँ अहिले बीरगंजको कोरोना अस्थायी अस्पताल गण्डक अस्पतालमा उपचार गराई रहनु भएको छ ।कन्टयाक्ट ट्रेसिङमा आएका जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उधोग शिल भएको हो ।

 
जीतपुरमा रहेको जगदम्बा इन्टरप्राइजेजका ४ जनामा कोरोनाको संक्रमण देखिए पछि पर्सा प्रशासनले सिल गरेको छ । केहि दिनको लागी सबै उधोगहरुको अनुगमन गरी मापदण्ड विना सञ्चालन भएका उद्योगलाई शिल गर्न समेत नेकपाका युवा नेता मनोज पौडेलले माँग गर्नु भएको छ। ।

 संक्रमित पुष्टि भएका तर लक्षण नदेखिएकालाई उद्योगकै खर्चमा उद्योग भित्रै वा अन्य उपयुक्त स्थानमा आइसोलेसन सेन्टर स्थापना गरी राख्न, संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका तथा असार १५ गते पछि भारतबाट आएका सबै कामदार, कर्मचारीको पीसीआर चेकजाँच गराउन, पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका तथा अन्य शंकास्पद सबैलाई उद्योगकै खर्चमा उद्योग भित्रै वा उद्योग बाहिर उपयुक्त स्थानमा क्वारेन्टिनको व्यवस्था गर्न समेत स्थानीय प्रशासनले उधोगहरुलाई निर्देशन दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.