logo

समयभित्र चुनावी खर्च विवरण नबुझाउने बारा पर्साका नेताहरु पनि दण्डीत, खर्च सार्वजनीक गर्न आयोगको निर्देशन

 इसीमाना सम्वाददाता     २०८० सावन ९ गते ०६: ४७ मा प्रकाशित     351   पटक पढिएको

काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउने २४ सय ३५ जना उम्मेदवारलाई कारबाही गरेको छ ।
मध्य तराईका बारा जिल्लाका ४९ जना र पर्साका ३९ जनाहरु आयोगको कारवाहीमा परेका छन ।

 


आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उनीहरुलाई जनही १५ हजारका दरले जरिवाना हुने आयोगले ठहर गरेको छ ।
आयोगले १ हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र १ हजार ३९८ प्रदेश सभा सदस्यका उम्मेदवारलाई यस्तो जरिववाना गरको हो ।

 

आयोगले गत वैशाख ४ गते निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन सम्बन्धित उम्मेदवारलाई भनेको थियो । तोकिएको समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गरी जानकारी नगराएका उम्मेदवारहरुलाई निर्वाचन ऐन २०७३ को दफा ३१ को उपदफा ४ बमोजिम १५ हजार जरिवाना रकम तय गरिएको आयोगले जनाएको छ ।

कारबाहीमा पर्नेहरुमा पर्साको क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभास सदस्य प्रदीप यादव , लोसपका नेता तथा पूर्वमंत्री लक्ष्मणलाल कर्ण , पर्साको क्षेत्र नं २ बाट जसपाका प्रत्यासी सुरेन्द्र कुर्मी , पर्साको ४ बाट नेकपा एमालेका प्रत्यासी जालिम मिया मंसुरी, पर्साको क्षेत्र नं २ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसिया,नेपाल सुशासन पाटीका राजकुमार यादव, राप्रपाका किरणमान डंगोल स्वतन्त्र उम्मेदवार शंकर कर्ण लगायत रहेका छन । त्यसैगरि बाराबाट नेपाली कांग्रेसका नेता पूर्वमंत्री उमाकन्त चौधरी । पूर्व मंत्री एवं एमाले नेता एकवाल मिया लगायत रहेका छन ।

आयोगले तोकेको जरिवाना तोकिएकै म्यादमा नबुझाए एक निर्वाचन चुनाव लडन नपाउने गरि रोक लगाउने र जरिवानाको रकम सरकारी बाँकी ससह असुल उपर गरिने आयोगले जनाएको छ । आयोगले ७ दिन भित्र निर्वाचन खर्च सार्वजनीक गरि सोको जानकारी सम्बन्धीत निर्वाचन कार्यालयमा दिन पनि भनेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.