logo

कोरोना भाइरसको संक्रमणबाट बीरगंज रेशमकोठीका एक बृद्धको निधन

      7/29/2020 गते 00 00 मा प्रकाशित     802   पटक पढिएको

कोरोना भाइरसका संक्रमणका कारण वीरगञ्जमा थप एक जनाको ज्यान गएको छ । बीरगंजको गण्डक अस्पतालमा रहेको गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत ६८ वर्षिय एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

 


पछिल्लो ६ दिनदेखि गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका बृद्धको बुधबार उपचारको क्रममा बिहान पौने ११ बजे तिर मृत्यु भएको डा. निरज सिंहले जानकारी दिनु भयो । 


वीरगञ्ज महानगरपालिका वडा नं. ५ रेशकोठी निवासी बृद्धमा मुटु रोगको समस्या थियो । 

उहाँको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पताले जनाएको छ । पर्सामा हालसम्म एक भारतीय सहित ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.