logo

अस्पतालमा बेड अभाव,घर बने आइसोलेशन वार्ड,महानगरले टाँस्न थाल्यो सूचना

      7/30/2020 गते 00 00 मा प्रकाशित     1868   पटक पढिएको

पर्सामा १ सय ४६ जना कोरोना भाइरसका कारण संक्रमीतहरु आइसोलेशन बेड अभावमा  होम आइसोलेसनमा बसेका छन ।

 

संक्रमीतहरु बसेको घरमा बीरगंज महानगरपालिकाले  स्थानीयवासीलाई सतर्क रहन सूचना टाँसेको छ । ‘कोभिड–१९ पोजिटिभ केसको घर, होम आइसोलेसन सतर्क रहौँ’ लेखिएको सूचना महानगरपालिकाका स्वास्थ्यकर्मीले टाँसेका हुन् । अहिले सम्म ३० वटा घरमा यस्तो सूचना टाँसिएको महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

बीरगंजमा आइसोलेशन वेड सहितको अस्पताल गण्डक अस्पतालमा ६१ जना बिरामीको उपचार भइरहेको छ । केही बेड लक्षण देखिएका बिरामीहरुलाई उपचारकोलागि जगेडामा राखिएको छ ।

 

बेड अभावका कारण कोरोना संक्रमीतहरु घरमै बस्न बाध्य भएका छन । स्थानीय ,प्रदेश तथा केन्द्र सरकारले थप आइसोलेशन बेड सहितको अस्पताल बनाउन कुनै जाँगर देखाएको छैन ।

 

स्थानीय रुपमा नेताहरुको काम भाषण गर्ने र माँग गर्ने बाहेक केही देखिएको छैन । यस्तो अवस्थामा महानगरले घर घर मै गएर “संक्रमीतको घर” भन्ने सूचना टाँस गरेर स्थानीयलाई सर्तक रहन सन्देश प्रवाह गर्दै छ ।

 

घर अगाडि सूचना टाँस भएपछि समुदायले थाहा पाउने र सर्तकता बढने ठान्नुहुन्छ वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतो

बीरगंजमा कोरोेना संक्रमणका मिश्रित केस देखा परेका छन । केहीमा लक्षण देखिन्छ केहीमा लक्षण छैन । लक्षण नभएकाहरुलाई सुरक्षीत रुपमा घरमै आइसोलेशन गरिएको र त्यसले अस्पतालमा लोड कम हुने उहाँको भनाई छ।

होम आइसोलसनमा बस्दा कोरोना संक्रमितले आइसोलेसनसम्बन्धी १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ । ‘वडा अध्यक्ष, नजिकका प्रहरी र स्वास्थ्यकर्मीको टिमले १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्ने मन्जुरीनामा संक्रमित परिवारसँग गराउँछन्,’ स्वास्थ्य महाशाखा प्रमुख महतोले भन्नुभयो , ‘बिहान र साँझ स्वास्थ्यकर्मी संक्रमितको सम्पर्कमा हुन्छन् ।’

 

उहाँले यस्तो भने पनि संक्रमीतहरुले भने स्वास्थ्यकर्मीको कुनै पनि सेवा नपाएको गुनासो गरेका छन । संक्रमण पुष्टि भएका आइसोलेशन बेडको अभावमा घरमै रहेकाहरु सबैको सम्पर्कमा स्वास्थ्यकर्मी नपुगेको अवस्था रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.