logo

शुक्रवार पर्सामा ६४ जना संक्रमीत थपिए ,सांसद यादवमा पनि कोरोना संक्रमण फेला पर्यो

      8/1/2020 गते 00 00 मा प्रकाशित     1058   पटक पढिएको

पर्साको क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य प्रदीप यादवलाई कोरोना भाइरसको संक्रमण भएको छ । नारायणी अस्पतालको पिसिआर ल्याबमा पछिल्लो समय गरिएको परिक्षणमा थप ६४ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।सांसद् यादवका निजि ड्राइभर र पीएसओमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

 


यसैवीच साँसद यादवले सामाजिक संजाल फार्मत आफूमा कोरोनाको संक्रमण भएको लेख्नु भएको छ । उहाँले आफनो स्वास्थ्य अवस्था सामान्य रहेको र बीरगंज राधेमाई स्थित घरमै आइसोलेशनमा बसेको जानकारी दिनु भएको छ ।

 

उहाँले कोभिडको रोकथाम र नियन्त्रणकालागि आत्मआुशासनको पालना गर्न नागरिकलाई अपिल गर्नु भएको छ । सांसद् यादवले आम जनतालाई स्वास्थ्यकर्मीहरुको सल्लहा अनुसार मास्क, पञ्जा, सेनीटाईजर जस्ता बस्तुको प्रयोगमा सम्बेदनशील हुन् आग्रह समेत गर्नु भएको छ ।

 

नारायणी अस्पतालले शुक्रबार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार नारायणी अस्पतालकै एकजना चिकित्सकमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै, एक जना पारामेडिक्स स्टाफलाई पनि संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ३ महिला र ६१ पुरुष छन् । संक्रमित १५ देखि ६८ वर्ष उमेर समूहका छन् । वीरगञ्ज मिना बजार गहवा क्षेत्रबाट मात्र ३० घरभन्दा बढीमा संक्रमित भेटिएका हुन् । सङ्क्रमित मध्ये अधिकांश पर्सा जिल्लाका भएपनि एक रौतहटका छन् एक बारा जिल्लाका रहेका छन् ।

थपिएका सङ्क्रमित मध्ये वीरगञ्ज महानगरपालिका वडा नं. ६ का २२ जना रहेका छन् भने वडा नं. ८ का ११ जना रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.