logo

बीरगंजमा कोरोना संक्रमणका कारण थप एक महिलाको ज्यान गयो 

      8/1/2020 गते 00 00 मा प्रकाशित     790   पटक पढिएको

वयोधा अस्पतालको आइसियु कक्षमा उपचाररत एक महिलामा पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ  । हिजो पुष्टि भएका ६४ मध्य वीरगंज १६ नागवा निवासी ६८ बर्षिय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । ति महिलालाई साँझ गण्डक कोभिड अस्पतालमा सारिएको थियो ।

 


बीरगंजको नाारयणी बयोधामा उपचारकोलागि भर्ना हुनु भएकी बीरगंज महानगरपालिका वडा नं १६ निवासी ६८ वर्षिय महिलाको निधन भएको हो । 


श्वास प्रश्वास समस्या देखिएको उहाँमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । कोरोनाको संक्रमण पुुष्टि भएपछि नारायणी बयोधाले उहाँलाई कोभिड अस्पताल गण्डकमा उपचारकोलागि रेफर गरेको थियो ।  

 

उहाँको साँझ ६ बजे  निधन भएको हो । आज साँझ गण्डक कोभिड अस्पतालले बिरामी बुझदा उहाँको निधन भइसकेको अस्पतालका डा.निरज सिंहले जानकारी दिनु भयो ।

 

उहाँको शव गण्डक कोभिड अस्पतालमै राखिएको छ । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या ११ पुगेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.